२०८२ मङ्सिर २२ गते सोमवार

राप्रपाले भोलि घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं,कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सोमबार बिहान ११ः३० बजे अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिए।

राप्रपाले घोषणा पत्र सार्वजनिक बानेश्वर वैक्वटमा कार्यक्रम गरी गर्ने जनाएको छ।

राप्रपाले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको एजेन्डालाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको छ।

यस्तै पूर्ण समानुपातिक संसद र सांसद मन्त्री हुन नपाउने व्यवस्था पनि घोषणा पत्रमा समेट्ने तयारी छ।

त्यस्तै भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता एजेन्डा पनि घोषणा पत्रमा समेटिएको छ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *