२०८२ मङ्सिर २७ गते शनिवार

रोल्पामा पनि गठबन्धन हुनु ठुलो कुरा हो ः सिटौला

रोल्पा,कात्तिक ५ । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आगामि दिनमा पनि गठबन्धन कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए ।

संघीयताको सहि ढंगले कार्यान्वयन गर्ने, जनताको आकांक्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनले बताए ।

सिटौलाले गठबन्धनका नेताहरू भागबण्डा र सत्ताको लुछाचुँडीमा लाग्दैन भन्ने विश्वास रहेको बताए । विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी र गठबन्धनका नेताबीचको तिक्तता हटाएर जानुपर्ने उनको भनाइ छ ।

‘यो संविधान जनताप्रति समर्पित छ भन्ने प्रमाणित गर्नुपर्छ। रोल्पा र रूकुममा पनि गठबन्धन भएको छ भने हामीले सोही अनुसार गठबन्धनलाई हामीले स्वीकार गर्नुपर्छ’, सिटौलाले भने ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *