२०८१ असार ३१ गते आइतवार

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाण्डौ ,असोज २४ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।

उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *