नेपाल कम्यूनिष्ट पार्टिका बरिष्ठ नेता माधवकुमार नेपालले जनताका आकांक्षा पुरा गर्न सरकार र पार्टि सिस्टमबाट चल्नु पर्ने बताउनु भएको छ । कम्यूनिष्ट पार्टिले दाङको घोराहीमा आयोजना गरेको दशै, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले जनताका आकांक्षा पुरा गर्न नयाँ ढँगबाट काम गर्ने पद्धतीको आबश्यक्ता परेको भन्दै त्यस्का लागी क्षमता भएका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिएर अद्धि बढनुपर्ने आबश्यकता रहेको बताउनु भयो ।
उहाँले आफू र नेता प्रचण्डको नाम जोडेर प्रधानमन्त्री बिरुद्ध गतिविधि गरिरहेको भन्ने हल्लामाथि कुनै सत्यता नरहेको भन्दै त्यस्को पछाडी नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले आफूले सरकारलाई सजग मात्रै गराउने गरेको उहाँको भनाई छ ।उक्त कार्यक्रमलाई ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल, स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी लगाएका बक्ताहरुले सम्वोधन गरेका थिए ।