२०८१ मङ्सिर २९ गते शनिवार

दंगीशरण गाउंकार्यपालिकामा नेपाली कांग्रेसको पूर्ण बहुमत

दंगीशरण,जेठ १६ । दंगीशरण गाउंपालिकाको कार्यपालिका निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका ६ जना उउम्मेदवारहरु विजय भएका छन् ।

उनीहरु बिजयी भएसगै गाउंपालिकामा नेपाली कांग्रेसको पूर्ण बहुमत पुगेको छ ।

कार्यपालिका निर्वाचन प्रक्रियामा दुई राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेस तर्फका ६ जना उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत देबराज भारतीले जानकारी दिए ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्वाचित ३७ जनप्रतिनिधि मध्य नेपाली कांग्रेसबाट २० नेकपा एमालेबाट १६ र माओबादीकेन्द्रका १ गरि ३७ जनप्रतिनिधि कार्यपालिका निर्बाचनमा सहभागि भएका थिए ।

मत परिणाम अनुसार नेपाली कांग्रेस २१ र नेकपा एमालेलाई १६ मत प्राप्त भएको थियो ।
निर्बाचितहरु महिला मध्य टंकी भण्डारी, मिना चौधरी, चन्दा योगी, द्रोपती थरुनी रहेका छन् ।

मनोनित दलित मध्य कृषणे कामी, अल्पसंख्यकबाट सितरा नेपाली निर्बाचित भएका छन ।

कार्यपालिकामा निर्वाचित मध्यबाट ४ महिला र मनोनित तर्फ बाट एक दलित र एक अल्पसंख्यक रहनुपर्ने प्राबधान रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *