२०८१ चैत्र १२ गते मङ्गलवार

गुल्मीमा आफ्नै नेतृत्वले गरेको सहमतिको विरोधमा उत्रिए माओवादी कार्यकर्ता

गुल्मी,बैशाख ९ । गुल्मीमा नेकपा माओवादी केन्द्रको नेतृत्वले जनाएको सहमतिको विरोधमा माओवादी केन्द्रकै कार्यकर्ता उत्रिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको उम्मेदवारी भागबण्डामा पार्टीको जिल्लास्तरीय नेतृत्वले जनाएको सहमतिको विरोधमा स्थानीय तहका कार्यकर्ता उत्रिएका हुन् ।

जिल्लास्तरीय संयन्त्रको प्रवक्ता तोकिएका माओवादी केन्द्रका नेता बुद्धि जिसीका अनुसार जिल्लाका १२ वटै पालिकामा गठबन्धन गर्ने गरी पद बाँडफाँटबारे करिबकरिब टुङ्गो लागिसकेको छ ।

इस्मा र धुर्कोट गाउँपालिकाका माओवादी कार्यकर्ताहरु भने संयन्त्रको निर्णयविरुद्ध विद्रोहको तयारीमा छन् । नेपाली काँग्रेसले इस्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद लिएपछि माओवादी केन्द्रका स्थानीय कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।

६ वटा वडा रहेको इस्मामा एउटा वडासमेत आफ्नो पार्टीलाई नदिएपछि विद्रोह गर्नु परेको माओवादी केन्द्र इस्मा गाउँ कमिटी अध्यक्ष बसन्त सुनारले बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *