देविराम कुसारी,श्रीगाउँ, चैत्र १३ । नेकपा एमाले लगाएत विभिन्न पार्टि परित्याग गरी प्रसडुवामा १५ जनाले काँग्रेस प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस दंगीशरण गाउंपालिका कार्यसमितिको आयोजनामा भएको कार्यक्रम एमाले वाट जेष्ठ नागरिक पिमलाल खड्का, चन्द्रबहादुर वली, लोकबहादुर खत्री,जितबहादुर विष्टले काँग्रसमा प्रवेश गरेका हुन ।
कार्यसमितिका सभापति शम्भु गिरीको सभापतित्व एंव लुम्विनि प्रदेश सभासद शंकर गिरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सुन्तली चौधरी, बुधनी चौधरी, बुद्धिराम सार्की, मना परियार, राजकुमार चौधरी, राजु चौधरी, एक लाल खड्का, भेगबहादुर गिरी, जयसिं कवर, विरवल खत्री, कृष्ण चौधरी लगाएतलाई प्रमुख अथिति शंकर गिरीले सदस्यता प्रदान गरि पार्टि प्रवेस गरेका हुन।
कार्यक्रमलाई सम्वोधन गर्दै सभासद गिरीले नव प्रवेशिलाई गर्वकासाथ कांग्रेस हु भन्न र एम.सि.सिका वारेमा प्रतिप्रश्न गर्न आग्रह गरे ।
कम्न्युष्टले गरिव शब्दको अपहेलना गरेको आरोप लगाउदै गिरीले प्रतिप्रश्न गरे । ‘तपाईले गरिब शब्दको प्रयोग गरेर धनी हुँदै जाने गरिब जनताको जिवन कस्किदै जाने यो कस्तो राजनीति हो ?
कार्यक्रम विशिष्ट अथिति पुर्व जिल्ला सभापति भरत केसी, दाङ जिल्ला सह(सचिव शुवोध कुमार डागीले दाङमा एमालेले गरेको एउटा मात्रै राम्रो काम देखाउन चुनौति दिए ।
समितिका उप-सभापती दुर्गा बोशराको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम जिल्ला सदस्य निम कुमारी चौधरी, महाधिवेशन प्रतिनिधि गोविन्द बहादुर शाह, दाङ ३ (ख) का उप सभापती दोर्ण देवकोटा, सहसचिव रोशन शाह, रमेश भण्डारी पुर्ब महाधिवेशन प्रतिनिधि भुबबहादुर भण्डारी पुर्व जिल्ला सदस्य कृष्णराज शर्मा, पालिका सदस्य हर्क बहादुर बुढाथोकी, प्रदेश प्रतिनिधि मधु चौधरी, क्षेत्रिय प्रतिनिधि मोहन केसी, नवप्रवेसी मन परियार लगाएतले बोलेका थिए ।
पालिका सचिव ओपेन्द्रराज शर्माले सहजीकरण गरेको कार्यक्रममा काँग्रेसका, कल्चु चौधर, सितारा नेपाली, वडा सभापतीहरु सरदिन कुसारी टेकबहादुर थापा, ईन्द्रलाल खत्री, गोविन्द आचार्य, विपि विचार राष्ट्रि समाजका पालिका संयोजक मिनकुमार देवकोटा र समितिका कोषाध्यक्ष खुम केसी लगाएतले बोलेका थिए ।