२०८३ कार्तिक २९ गते शनिवार

खेत जोन्दै गरेको ट्रयाक्टर बाट लडेर छोरा बिते पछि बाबु प्रहरी नियन्त्रणमा

दाङ, कात्तिक २८ ।


कैलालीमा खेत जोत्दै गरेको ट्रयाक्टर बाट लडेर बालकको मृत्यु भएपछि प्रहरीले उनका बाबुलाई नियन्त्रणमा लिएको छ ।
यो घटना शुक्रबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका–८ लिम्कामा घटेको हो ।
शुक्रबार दिउँसो ३७ वर्षीय बुवा खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्याक्टरले आफ्नै खेत जोतिरहँदा छोरा सुशान्तलाई आँफुसंगै ट्रयाक्टरमा चढाएका थिए ।


खेत जोत्दै गर्दा बाबु खड्कबहादुरले ७ वर्षीय छोरा सुशान्त चौधरीलाई पनि आँफु संगै ट्याक्टरमा चढाएका थिए ।
त्यही क्रममा सुशान्त लडेर ट्याक्टरको पछाडिको भागमा जोडिएको रोटाभेटरमा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपछि दुर्घटनामा बालकको ज्यान गएपछि प्रहरीले आफ्नै छोरा गुमाएका चालक तथा बुवा खडकबहादुरलाई नियन्त्रणमा लिएको छ । उनी प्रहरी हिरासतमा छन् ।
जिल्लाका प्रबक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार ट्रयाक्टरका साहु स्थानीय ४० वर्षीय खुसीराम चौधरीपनि प्रहरीको सम्पर्कमा छन् ।

प्रकाशित मिति : २०८३ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *