
तुलसीपुर, असोज २२ ।
नेपाली काँग्रेस शेरबहादुर देउवा समुहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले भीडले मात्रै काँग्रेस चल्न नसक्ने बताएका छन् ।
बिहीबार सो समुहको तुलसीपुर उपमहानगरपालिकाको महाधिबेशनलाई सम्बोधन गर्दै काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका गिरीले काँग्रेस भनेको मुल सार नै बगाल वा जत्था भएपनि काँग्रेस कम्युनिष्ट जस्तो क्याडेर बेष्ट पार्टी नरहेको बताए ।
‘तथापी भीडले मात्रै काम गर्दैन, भीडले मात्रै देश चल्न सक्दैन,’ नेता गिरीले भने ‘ त्यसैले थोरै संख्यामा हामीहरु रहम्ला तर हामी जाँगरिला छौं, मेहनती छौं भने अवश्य पनि हामीले हाम्रो पक्षको संगठन मजबुत गराउन सक्छौं भन्ने मलाई विश्वास छ ।’
आँफु संगठन कर्ता भएको दाबी गरेका उनले संगठनको मर्म आँफुलाई राम्रो संग थाहाँ भएको बताए । कुनैदिन यस्तो पनि हुन्छ पार्टी भित्र सुकिला, मुकिला, मसल्दार , गिट्टी बालुवा, लगडी तस्करहरुको जमात हुन्छ,’ उनले भने ‘ यस्मा चप्पल लगाउने नेपाली काँग्रेसलाई पुनः फेरि ती मान्छेहरु संग संघर्ष गर्नुपर्ने छ ।’
काँग्रेस संस्थापक नेता विपी कोइराले भनेको कुरा सबैले मनन् गर्न जरुरी रहेको भन्दै नेता गिरीले भूइ मान्छे अर्थात चप्पल लगाएर बाटोमा हिड्ने मान्छेको पक्षमा र सुकिला मुकिलाको पक्षमा फेरि संघर्ष गर्नुपर्ने अवस्था आएको गिरीले औंल्याए ।
आज एउटा समुहले नेपाली काँग्रसलाई गलत ट्रयाकमा लगेर गइ रहेको भन्दै जारी महाधिवेशनमा पदकै लागि लडाइ भइ रहेको भन्दै उनले आलोचना गरे ।

‘ हिजो चार वटा संख्यमा पदाधिकारी थियो पुगेन भनेर छ वटा गराउ छ वटाले पनि पुग्दैन भने दश वटा गराउ,’ नेता गिरीले भने ‘ नेपाली काँग्रेसको बिधानमा कहिलै यस्तो बरिष्ठ उपाध्यक्ष थिएन, भागवण्डा पुगेन भागवण्डा नमिलायो भनेपछि फर्केर नियमित महाधिवेशन जान्छन् कि, देउवा समुहतिर जान्छन कि भन्ने भयले बरिष्ठ उपाध्यक्षको एउटा पद सृजना गरियो ।’
उनले सुधारिएको काँग्रेस यस्तै हुन्छ ? भनेर प्रश्न पनि सोधेका थिए । ‘उहाँहरुले भन्नु हुन्छ नि सुधारिएको काँग्रेस सुधारिएको देश भनेर यस्तै हुन्छ होला र हामीले नबुभेकोपनि हुन सक्छम,’ उनले भने ।
उनले भीड देखेर नआत्तिन भन्दै इमान्दारिताका साथ संगठनमा आलग्न आग्रह गर्दै उनले यही काँग्रेसले सही गनतब्य फेला पार्न दाबी गरे ।
‘ आज देख्नु भयो हामीलाई कतिपयले यिनहरु त काँग्रेस नै होइनन् भन्ने लागि रहेको छ, रुख उता छ त्यतै जाने भनेर कतिपयको भनाइ पनि छ,’ उनले भने ‘ यो भावनाको कुराले मात्रै जिताउने भए गगन थापा सर्लाहीमा जानु भएको थियो त काठमाडौं छोडेर रुखै लगेर गएपनि किन प्रन्ध हजार बढी मतान्तरणले हार्नु भयो त ।’
रुखले मात्रै गर्ने भए गगन थापा पराजित हुन नहुने उनले तर्क गरे । जता रुख त्यतै काँग्रेस भन्ने कुरा खाली बहकाउने कुरा मात्रै भएको उनको कथन थियो । ‘ हाम्रा गाउँघरका सोझा अझ भन्ने हो भने सनातन हिन्दुधर्म मान्ने मान्छेहरुले हैन बाबु अब संधै रुखको पछि लाग्यौं अब मर्ने बेलामा के गर्ने भनेर उहाँ जस्तो मान्छेलाई भावनात्म रुपमा प्रभावित गर्नलाई रचियको एउटा षडेन्त्र हो,’ गिरीले भने ।
साथै नेता गिरीले विपी पुत्र शशांकदेखि मधेसका नेता तथा पूर्व महामन्त्री महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र निधि, लौह पुरुष गणेशमान सिंह पुत्र प्रकाशमान सिंह, डा. केशव कोइरालाका छोरा शेखर कोइराला पनि आँफुहरुकै समुहमा रहेको हुँदा देउवा काँग्रेस नै आधाकारिक काँग्रेस भएको उनले जिकिर गरे ।

तुलसीपुर उद्योग बाणिज्य संघको कार्यालयमा भएको देउवा समुहको नगर अधिबेशन उद्घाट सत्रको अध्यक्षता जेष्ठ सदस्य भरतराज आचार्यले गरेका थिए ।
कार्यक्रमलाई नेपाल तरुण दल दाङका निवर्तमान जिल्ला अध्यक्ष टीकाराम घर्ती, युवा यसअघिका महाधिवेशन प्रतिनिधि नेता युवराज खड्का, अधिबक्ता तथा नेपाल बिद्यार्थी संघ दाङका पूर्व अध्यक्ष राजकुमार डाँगी, नेतृ केवलापती चौधरी (कल्पना) लगाएतले सम्बोधन गरेका थिए ।
तुलसीपुर – १३ का पूर्व कार्यबहाक वडाध्यक्ष बिनोद पाण्डेको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर – ५ का पूर्व वडा सदस्य अजय बुढाथोकीले गरेका थिए । नेता गिरीसहित टीका घर्ती, युवराज खड्काहरु यसअघि भएको संस्थापन पक्षको अधिबेशनमा सहभागी थिएनन् ।
संस्थापन पक्षको अधिबेशनका क्रममा पराजय बेहोरेका कतिपय नेताहरुपनि देउवा समुहको अधिवेशनमा सहभागि थिए ।
स्रोतका अनुसार यो समुहको तुलसीपुर नगर सभापति नवीन बुढाथोकी बन्ने टुँगो लागेको छ । उनी यसअघि यसअघि तुलसीपुर – ५ का वडाध्यक्ष थिए । बुढाथोकीको परिवार द्धन्दकालमा काँग्रेस भएकै कारण पश्चिम दाङबाट लखेटिएर बजार पस्न बाध्य पारिएको परिवार हो ।
त्यस्तै नगर सचिव भने खेलाडी पदम बस्नेत बन्दै छन् । उनी नेपाल सितोरियो कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन ।
नगर कार्यसमिति शुक्रबार मात्रै सार्वजनिक गरिने जनाइएको छ ।
