२०८३ असोज २० गते मङ्गलवार

काँग्रेस सभापतिका लागि ४० हजार मनोनयन शुल्क, केन्द्रीय सदस्यलाई ११ हजार

दाङ, असोज १९ ।

नेपाली कांग्रेसको केन्द्रीय सभापतिका उम्मेदवारले मनोनयन दर्ताका लागि ४० हजार बुझाउनु पर्ने भएको छ ।

खुला मञ्चमा जारी १५ औं महाधिवेशनमा अन्तगर्तत काँग्रेस निर्वाचन समितिले बिभन्न उम्मेदवारका लागि निर्धारण गरेको शुल्क छ ।
जस्मा सभापति पदका उम्मेदवारका लागि ४० हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यसपछि उपसभापति र महामन्त्री पदका लागि ३० हजार तोकिएको छ । सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्यका उम्मेदवारका लागि ११ हजार रूपैयाँ शुल्क तोकिएको छ ।


साथै सभापतिका उम्मेदवारका लागि १० जना प्रस्ताव र १० जना समर्थक चाहिने भएको छ । उपसभापति र महामन्त्री पदका लागि ७ / ७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५ / ५ जना प्रस्तावक र समर्थक अनिवार्य चाहिने ब्यबस्था गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्य पदका लागि ३/ ३ जना प्रस्तावक र समर्थक अनिवार्य चाहिने ब्यबस्था गरिएको छ । उम्मेदवारका लागि मनोनयन दर्ताको समय मंगलबार बिहान ११ बजेपछि तोकिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *