२०८३ असोज १८ गते आइतवार

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा (तस्बिरहरु)

दाङ, असोज १८ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा जारी छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकलप, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु गरिएको छ ।

महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गरेका हुन । त्यसक्रममा उनले पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी सिंचित गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने , नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रेशमलाल चौधरीलगायतका नेताहरू खुलामञ्च पुगेका थिए ।

उद्घाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरि रहेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *