तुलसीपुर, असोज १७ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ बाट १० जना महासमिति सदस्य सर्वसम्मत रुपमा चयन गरिएका छन् ।
नव निर्वाचित क्षेत्र नं. ३ का सभापति खिमबहादुर वलीसहितका नेताहरुको छलफलबाट १० जना महासमिति सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएका हुन ।
जस्मा पूर्व मन्त्री तथा पूर्व केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य केशवराज आचार्य, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान सभापति सुरेश हमाल, जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी क्रमश छन् ।
त्यसपछि जितबहादुर केसी, मोहन सुनार, सु्ष्मा गिरी, तारादेबी भण्डारी, निवर्तमान क्षेत्रीय सभापति जगतबहादुर खड्का, देवा डाँगी र अर्चना रेग्मी गरि दश जना महासमिति सदस्य सर्वसम्मत चयन गरिएका छन् ।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार
