
तुलसीपुर, असोज १५ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट पत्रकार बिपुल पोखरेल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पोखरेल नेपाल पत्रकार महासंघको निवर्तमान केन्द्रीय अध्यक्ष हुन ।
यो संगै पोखरेल आफ्नो करियरको झन्डै ३ दशक लामो पत्रकारिता जीवन त्यागेर अब औपचारिक रुपमै राजनीतिक यात्रामा लागेका हुन ।
यद्यपी उननै नेतृत्वमा जिल्लामा ‘गोरक्ष राष्ट्रिय दैनिक’ र मध्य र सुदुर पश्चिमकै पहिलो एफएम रेडियो ‘रेडियो स्वर्गद्धारी’ संचालन गर्दै आएका छन् । बिपुल पोखरेलको पारीवारिक पृष्ठभूमी राजीतिक पृष्ठ भूमिको हो ।
उनका बुवा बिनोद पोखरेल विपी चिन्तन दाङका पूर्व अध्यक्ष हुन । बिपुल नेपाल प्रेस युनियन दाङका संस्थागत सचिव पनि हुन ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित बिपुल आउने स्थानीय तथा प्रदेशसभामा संभावित उम्मेदवारका रुपमा हेरिएका ब्यक्ति हुन ।
काँग्रेसको केन्द्रीय महाधिबेशनमा निर्वाचिन हुनु भन्दा पहिले नै बिपुलले विश्वास गरि पार्टीले टिकट दिएमा घोराहीको मेयर वा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने चाहाना ब्यक्त गर्दै आएका छन् ।
काँग्रेस दाङ– २ मा मंगलबार भएको मतदानको नतिजा बुधबार राति सार्वजनिक भएको थियो ।
खुला महाधिवेशन प्रतिनिधिमा पोखरेल भिडेका टप टेन मध्य ८औं नम्बरमा पर्न सफल भएका थिए । दाङ – २ मा सबै भन्दा लोकप्रिय मत भने किरणकिशोर घिमिरेले प्राप्त गरे । घिमिरे गत फागुन २१ को प्रनिनिधिसभा सदस्य पदको उम्मेदवार थिए । उनले ७०२ मत पाएका छन् । त्यसपछि गत स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरको उपमेयरमा पराजय बेहोरका नेता भूपबहादुर डाँगीले ६४५ मत प्राप्त गरि दृतिय स्थान हासिल गरे ।
त्यसपछि क्रमश लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री प्रचण्डविक्रम न्यौपाने ६१६, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री राजु खनाल ६०६, दाङ – २ का पूर्व क्षेत्रीय सभापति भीमप्रकाश खड्का ५०९, घोराही – १० का वडाध्यक्ष दीपक पाण्डेय ४२५, घोराही – १० का पूर्व अध्यक्ष चित्रबहादुर डाँगी ‘निर्मल’ ३९३, बिपुल पोख्रेल ३६५, महेशराज श्रेष्ठ ३५८ र मेडिकल ब्यबसायी पवन आचार्य ३३८ मत प्राप्त गरी निर्वाचित भएका हुन ।
खुला महाधिवेशन प्रतिनिधिमा ४ मतान्तरले घोराही – १५ का वडाध्यक्ष रमेश पाण्डे पराजित भए । पाण्डेले ३३४ मत प्राप्त गरेका थिए ।
खुल्ला महाधिवेशन प्रतिनिधिमा पराजित हुने अन्य उम्मेदवारहरुमा पदमराज शर्माले ३०५, गिरिराज सुवेदीले २७०, दुर्लभ केसीले २६५, हरिशचन्द्र भण्डारीले २६१, प्रवीनकुमार भण्डारीले २३७, रेखबहादुर वली ‘देउता’ले २३५, पुरुषोत्तम शर्माले २२६, श्रीधर घिमिरेले २२२, नारायणप्रसाद भण्डारीले २०४, लिलाधर वलीले १९३, प्रेमबहादुर डाँगीले १३६, यज्ञबहादुर बस्नेतले १३०, कृष्णबहादुर डाँगीले ११४, सुनिलकुमार देवकोटाले १०४, प्रकाश रजौरेले १०३ र विष्णुप्रसाद शर्माले ८४ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला महाधिवेशन प्रतिनिधि खुलातर्फ बिमला योगी सर्बाधिक लोकप्रिय मत प्राप्त गरि निर्वाचित भइन । जस्ले ६३३ मत प्राप्त गरिन । बिमला नेपाल महिला संघ दाङकी संस्थापक अध्यक्ष हुन । उनी एक महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता हुन ।
नेपाल महिला सामुदायिक संस्थापक अध्यक्ष बिमलाको समुहले दाङसहित रोल्पा, रुकुम, जाजरकोट लगाएतका बिभिन्न जिल्लामा महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको छ । साथै महिलालाई उद्यमी बनाउँदै आएको छ । दोन्द पीडित महिलाको क्षेत्रमा काम गर्दै आएको छ ।
दुर दराजका बिपन्न बालबालिका शिक्षामा लगानी गर्दै आएको छ । बिमला पत्रकार भगिरथ योगीकी बहिनी हुन ।
त्यसपछि क्रमश लुम्बिनी प्रदेश सदस्य जानका केसी ५०४, काँग्रेस दाङकी सचिव बालिका लम्साल ४९३ र पूर्व राष्ट्रियसभा सदस्य अनिता देवकोटा ४८७ मत प्राप्त गरी निर्वाचित भए । यहाँ नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा रावतले ४३७ र नेतृ मञ्जु बज्राचार्यले २६१ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् ।
बिभिन्न कलष्टरबाट गरि ३३ जना महाधिबेशन प्रतिनिधि यो निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।
दाङ २ को सभापतिमा भने प्राध्यापक प्रकाश श्रेष्ठ निर्वाचित भएका थिए ।
