२०८३ असोज १६ गते शुक्रवार

काँग्रेस दाङ ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित

तुलसीपुर, असोज १५ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । दंगीशरण गाउँपालिकाका अध्यक्षसमेत रहेका गिरी ४७० मत प्राप्त गरि निर्वाचित भएका हुन ।
उनका प्रतिष्पर्धीहरु गोपालबहादुर रावतले ९९ र निर्मल केसीले ८५ मत प्राप्त गरे ।

बिहीबार बिहान प्राप्त अन्तिम मत परिनाम अनुसार उपसभापतिमा दुर्गा वली निर्वाचित भए । वलीले ३०९ मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धी चक्र वलीले २६३ मत प्राप्त गरे ।
सचिवमा गणेश केसी ३४३ मतसहित निर्वाचित हुँदा लिला खड्काले २४४ मत प्राप्त गरे ।
थारु समानुपातिक तर्फ मधु चौधरी ३३० मतसहित निर्वाचित हुँदा शुकलाल चौधरीले २५५ मत प्राप्त गरेका थिए ।
दाङ क्षेत्र नं. ३ मा संघीय सभापति, प्रदेश सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधिदेखि र प्रदेश प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *