
तुलसीपुर, असोज १४ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले ५६३ मत प्राप्त गर्दा प्रतिष्पर्धी सन्तोष योगीले ४०१ मत प्राप्त गरेका थिए ।
सचिवमा तिलकबहादुर केसी ५१९ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी शरद बिक (समिप) ले ४२७ मत प्राप्त गरे ।
सहसचिव (खुला) तर्फ मधुसुदन अधिकारी ४७५ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिष्पर्धी निरज गिरीले ४३३ मत प्राप्त गरे ।
सहसचिव –महिला) मा रेखा केसी ५१६ मत प्राप्त गरि निर्वाचित हुँदा प्रतिष्पर्धी सपना मजगैया अधिकारीले ४४६ मत प्राप्त गरिन । दाङ क्षेत्र नं. २ को नेतृत्व चुन्न मंगलबार मतदान भएको थियो । अन्तिम मत परिनाम बुधबार बिहान सार्वजनिक भएको हो ।
प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार
