शारीरिक तथा मानसिक रुपमा अपरिपक्वताको अवस्थामा गरिने विवाहलाई बालविवाह भनिन्छ । कानुनले तोकेकोभन्दा कम उमेरमा गरिने वा गराईने विवाह बालविवाह हो । नेपालको कानुनले २० बर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनेको छ । कानुन अनुसार बालविवाह गर्ने वा गराउनेलाई विभिन्न सजाय तथा दण्ड हुने ब्यवस्था छ ।
हाम्रो समाजमा धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । अझै भन्ने हो भने बालबालिकाका तथा महिलाहरुको समस्या धेरै छन् । यि समस्याहरुमध्ये बालविवाह पनि एक प्रमुख समस्या हो । बालविवाहको बारेमा जान्नका लागि साना–साना बालबालिकाको अधिकार अर्थात् बालअधिकारको बारेमा जान्न जरुरी हुन्छ ।
बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि सरकारी निकायका विभिन्न कार्यालय तथा गैरसरकारी निकायका कार्यालयहरुमा, शहरका विभिन्न गल्ली तथा गाउँका भित्ताहरुमा तथा भन्सार सीमाका छेउछाउमा बालविवाह रोकथाम सम्बन्धी विभिन्न पोस्टर, पम्पलेट टाँसेको देखिन्छ । रेडियो तथा टेलिभिजनबाट घण्टौपिछे बालविवाह रोकथामसम्बन्धी रेडियो जिगंल प्रसारण भएको सुनिन्छ । त्यस्तै टेलिभिजनबाट बालविवाहसम्बन्धी विभिन्न टेलिसिरियलहरु देखाईएको पाईन्छ । ‘विहेबारी २० बर्ष पारी’ भन्ने नारा सबैभन्दा धेरै चर्चित नारा हो । हुन त बालअधिकारको क्षेत्रमा म पनि काम गर्छु तर पनि बालविवाह रोकथाम सम्बन्धी यस्ता धेरै प्रयासहरु भएको देखिरहदा मेरो मनमा धेरै प्रश्न खेल्ने गर्छ । के बाल बालबालिकाहरु बालविवाहबाट अछुटो भए त ? के बालविवाह न्यूनीकरण भयो त ? के बालविवाह रोकथाम भयो त ?
हाम्रो समाजमा धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । अझै भन्ने हो भने बालबालिकाका तथा महिलाहरुको समस्या धेरै छन् । यि समस्याहरुमध्ये बालविवाह पनि एक प्रमुख समस्या हो । बालविवाहको बारेमा जान्नका लागि साना–साना बालबालिकाको अधिकार अर्थात् बालअधिकारको बारेमा जान्न जरुरी हुन्छ । सामान्यरुपमा बालअधिकार भन्नाले साना–साना भाइ–बहिनीहरुले पाउनुपर्ने सबै किसिमको अधिकारहरु हुन् । बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासको लागि बालअधिकारको प्रत्याभूत हुन एकदमै आवश्यक हुन्छ ।
सन १९८९ मा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले १८ बर्षमुनिका भाइ–बहिनीहरु बालबालिकाहरु हुन् भनेर भनेको छ । तर नेपालमा १६ बर्ष मुनिका केटाकेटीलाई बालबालिका भनेर भनेको छ । आजका साना–साना बालबालिकाहरु भोलिका देशका कर्णधार हुन् त्यसैले बालअधिकारको संरक्षण गर्नमा राज्यको प्रमुख दायित्व हुन्छ । बालअधिकार हामी सबैको सरोकारको बिषय हो र बिषय बन्नु पनि पर्छ । बालअधिकारको संरक्षणमा तपाई हामीले धेरै भूमिका खेल्न सक्नु पर्दछ ।
बालअधिकारभित्र चार खम्बाहरु छन् । यि चार खम्बाले भाइ–बहिनीका सबै अधिकारहरुलाई समेट्ने कोसिस गरेको छ । चार खम्बामा पहिलो बाँच्न पाउने अधिकार हो । दोस्रो संरक्षणको अधिकार हो । तेस्रो विकासको अधिकार हो र चौथो सहभागिताको अधिकार हो । बालअधिकारलाई नेपालको संविधान २०७२ ले पनि समेटेको छ । संविधानमा बालअधिकारलाई मौलिक हकको रुपमा भाग–३ को धारा ३९ मा बालबालिकाको हक भनेर ब्यवस्था गरेको छ ।
यसमा १० उपधाराहरु छन् । यी उपधाराहरुमा पहिचानसहितको नाम र जन्मदर्ता पाउने, परिवार र राज्यले शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद तथा सबै ब्यक्तित्व विकासको अधिकार, कलकारखाना, खानी तथा जोखिमका काममा लगाउन नपाउने, बालविवाह, गैरकानुनी ओसारपसार तथा अपहरण वा बन्धक बनाउन नपाउने, सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना या प्रयोग गर्न नपाउने, कुनै पनि धार्मिक वा साँस्कृतिक प्रचलनका नाममा या कुनै पनि माध्यमद्वारा दुब्र्यवहार, उपेक्षा वा शारीरिक वा मानसिक या यौनजन्य शोषण गर्न नपाउने, असहाय, अनाथ, अपा·ता, द्वन्द्वपीडित, विस्थापित या जोखिमा रहेका बालबालिकाहरुलाई राज्यबाट बिशेष संरक्षणको सुविधा पाउने र कानुनबमोजिम दण्डनीय हुने कार्य गरेको पाईएमा पीडित बालबालिकाहरुलाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउनेजस्ता धेरै हकहरुको ब्यवस्था नेपालको संबिधानले गरेको छ ।
नेपालको कानुनमा बालविवाह प्रतिबन्धित भएपनि हाम्रो समाज बालविवाहमुक्त हुन सकेको छैन । बालविवाहका कारण हाम्रो समाजमा धेरै किसिमको समस्या तथा विकृति पनि पैदा भएको छ । उमेर नपुग्दै विवाह गरेमा छिट्टै आमा बन्न बाध्य हुने, आत्मनिर्भर नहुँदै पारिवारिक जिम्मेवारी उठाउनु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुनुपर्ने पनि हुनसक्छ । त्यस्तै सानैमा विवाह गरेमा शारीरिक तथा मानसिक धेरै किसिमको असर पर्न सक्छ । सानै उमेरमा आमा बन्नु पर्ने । शरीर कमजोर हुने । बुवा आमाको जिम्मेवारी बहन पर्ने । अत्याश्यक आबश्यकताहरु पुरा गर्न नसक्ने हुनसक्छ ।
बढ्दो आधुनिक उपकरण र गलत सामाजिक सञ्जालको प्रयोगको कारण पनि धेरै बालबालिका र युवाहरु यसको सिकार हुन पुगेका छन् । जसको प्रत्यक्ष असर बालबालिकाहरुमा परेको छ । सानै उमेरमा लभ गर्ने प्रचलन बढ्दो छ, प्रेम र आकर्षणलाई छुट्याउन नसक्नाले धेरै बालबालिकाहरु गलत कदम उठाउने गरेका छन् । भागेर विवाह गर्ने । बालविवाह गर्ने । डिप्रेसनको सिकार हुने । असुरक्षित यौन सम्पर्क राख्ने र अनपेक्षित गर्भधारण गर्ने सक्ने तथा आत्महत्यासमेत गर्ने गलत कदम उठाउन सक्छन् ।
बालविवाह गर्ने र गराउने दुबैलाई कानुनअनुसारको दण्ड सजाय हुन्छ । नेपालको कानुनअनुसार बालविवाह गरेमा निम्न किसिमको दण्ड तथा सजायको ब्यवस्था छ । दश बर्ष पूरा नभएको बालिकाको विवाह गरेमा या गराएमा ६ महिनादेखि तीन बर्षसम्मको कैद सजाय वा एक हजारदेखि दश हजार रुपैयाँसम्मको जरिवाना । दश बर्षदेखि चौध बर्ष उमेर नपुगेको बालिकाको विवाह गरेमा या गराएमा तीन महिनादेखि एक बर्षसम कैद या दश हजार रुपैयाँसम्मको जरिवाना । चौध देखि अठार बर्ष नपुगेका बालिकाको विवाह गरेमा वा गराएमा छ महिनासम्म कैद वा दश हजार रुपैयाँसम्मको जरिवाना वा दुबै सजाय । र बीस बर्ष नपुगेका बालिकाको विवाह गरेमा या गराएमा छ महिनासम्मको कैद वा दश हजार रुपैयाँसम्मको जरिवाना वा दुबै सजाय हुने ब्यबस्था छ ।
सानै उमेरमा विवाह गर्ने र गराउने धेरै कारण हुनसक्छ । यसमध्ये सबैभन्दा ठूलो कारण अशिक्षा र चेतनाको अभाव हो । गरिबी, घरको अवस्थाको कारण, कसैको दबावको कारण र विभिन्न प्रलोभनको कारण पनि सानै उमेरमा विवाह गर्ने या गराउने हुनसक्छ । त्यस्तै आजभोलिको आधुनिक जमानामा पश्चिमी संस्कृतिको धेरै प्रभाव परेकोले यसको अनुसरण गर्ने कारणले पनि समाजमा धेरै विकृतिहरु पैदा भएका छन् । जसले गर्दा बालविवाह गर्न थप हौसला प्रदान गरेको छ ।
बढ्दो आधुनिक उपकरण र गलत सामाजिक सञ्जालको प्रयोगको कारण पनि धेरै बालबालिका र युवाहरु यसको सिकार हुन पुगेका छन् । जसको प्रत्यक्ष असर बालबालिकाहरुमा परेको छ । सानै उमेरमा लभ गर्ने प्रचलन बढ्दो छ, प्रेम र आकर्षणलाई छुट्याउन नसक्नाले धेरै बालबालिकाहरु गलत कदम उठाउने गरेका छन् । भागेर विवाह गर्ने । बालविवाह गर्ने । डिप्रेसनको सिकार हुने । असुरक्षित यौन सम्पर्क राख्ने र अनपेक्षित गर्भधारण गर्ने सक्ने तथा आत्महत्यासमेत गर्ने गलत कदम उठाउन सक्छन् ।
केटाकेटीहरुलाई हुर्काउने र बढाउने प्रमुख जिम्मेवारी बुवाआमाको हो । आपm्ना बालबालिकाहरु कहाँ जान्छन् ? के गर्छन ? कस्तो संगत गर्छन् ? जस्ता कुराहरुमा ध्यान दिन एकदमै जरुरी हुन्छ । त्यस्तै बालअधिकारका बारेमा प्रत्येक अभिभावकहरुले जान्न जरुरी छ । बालविवाह रोकथाम तथा न्यूनीकरणमा अझै प्रभावकारी कार्यक्रमहरु गर्न जरुरी छ । बालअधिकार हामी सबैको सरोकारको बिषय हो । बालअधिकारको संरक्षणमा तपाईले पनि अहम् भूमिका निर्वाह सक्नुपर्छ । कसैले बालविवाह, बालश्रम या बालअधिकारको हनन् गरेका खबरदारी गर्ने जिम्मा तपाईको पनि हो ।