जलवायु परिवर्तन :
लामो समयको अन्तराल एंव दीर्घकालीन अपधिमा जलवायुको विभिन्न तत्वहरुमा भएको औसत परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। यसमा तापक्रम, वायुको वहाब, वर्षा तथा हिउँ पर्ने तौरतरिका आदि कुरामा आएका परिवर्तनहरु पर्दछन। जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि १९९२ अनुसार जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा परोक्ष रुपमा मानव कृयाकलाप संग सम्बन्धित भई विश्वको वायुमण्डलको संरचनालाई परिवर्तन गर्न र तुलनात्मक समयावधि भित्र प्राकृतिक रुपमा परिक्षण भएको जलवायुको परिवर्तनलाई जनाउँछ।
जलवायु परिवर्तनका कारणहरु:
जलवायु परिवर्तन प्राकृतिक र मानवीय दुबै किसिमले हुने गर्दछ । प्राकृतिक रुपमा सुर्य र पृथ्वीको बिचको चुम्बकिय शक्तिका कारण जलबायु परिवर्तन हुने गर्दछ। बैज्ञानिकहरुका अनुसार, हजारौ बर्षको अन्तरालमा पृथ्वी को नक्षेत्र मार्गमा आउने परिवर्तनका कारण पृथ्वीमा आउने सुर्यको प्रकाशको मात्रामा परिवर्तन हुने गर्दछ। मानबिय क्रियाकलापका कारण हरित गृह ग्यासको मात्रा पृथ्बिको बायुमन्डलमा थुप्रीने क्रम बढेसङ्गै जलवायु परिवर्तनको असर देखिन थालेको छ । सामान्यतया हरित गृह भन्नाले वायुमण्डलको ट्रोपोस्फिएर तहमा सुर्यको प्रकाश सन्चय गर्ने अर्थात सोस्ने प्रक्रिया भन्ने बुझिन्छ ।
हरित गृह ग्यासमा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, क्लोरोफोलोरो कार्बनजस्ता ओजन तह विनास गर्ने ग्यासहरु पर्दछन्।जब सुर्यको प्रकाश पृथ्वीमा आईपुग्छ केही मात्रामा ताप सोसिन्छ। पृथ्वीबाट फिर्ता भएको ताप बायुमण्डलमा हरित गृह ग्यासहरुले सोस्दछन र पृथ्वीको सतहतिर नै फर्काईदिन्छन, जसको कारण पृथ्वीको तापक्रम बढ्ने गर्दछ। यसरी हरित गृह ग्यास हरुको कारण विस्वब्यापी तापक्रम बढिरहेको छ।यसैलाई बिस्वब्यापी उस्णता अर्थात Global Warming भन्ने गरिएको छ। यसरी बिश्वको तापक्रम बढ्नुमा हरित गृह ग्यासहरुको बायुमण्डलमा बिसर्जन तथा उत्सर्जन गरिनु हो। हरित गृह ग्यास भन्नाले त्यस्ता ग्यासहरु जसले पृथ्वी बाट फिर्ता भएको सुर्यको ग्यासलाई सोस्दछन र पृथ्वी मै फिर्ता पठाउँछन ।
त्यस्तै औद्योगिकरण र बिकास निर्माणका कामहरू बढेसङ्गै ग्रीन हाउस ग्यास उत्पादन तथा उत्सर्जनमा वृद्धि भैरहेको छ जसका कारण हरित गृह प्रभाव बढिरहेको छ ,विश्वको तापक्रम बढिरहेको छ।यसको अर्थ के हुन जान्छ भने पृथ्वीको बायुमन्डलमा हरित गृह ग्यासहरुको मात्रा प्रखर रुपमा बढिरहेको छ। उद्योग सवारी साधन, निर्माण, विद्युत उत्पादन आदिमा प्रयोग भएको डिजेल ,पेट्रोल, मट्टीतेल, कोइला, जस्ता फोसिल ईन्धन दहन हुने क्रममा हरित गृह ग्यास उत्सर्जन भै रहेका हुन्छन। यी बाहेक डिजेल पेट्रोलको उत्खनन् , ओसार प्रसार र यस्ता पदार्थहरु पोखिएर रचुहिएर पनि हरित गृह ग्यासहरु उत्सर्जन हुन्छन ।कृषिका विभिन्न कृयाकलाप जस्तै पाल्तु जनावर, बन जङ्गल बिनास , बन डढेलो वाट पनि हरित गृह ग्यासहरुको मात्रा दिन प्रतिदिन बढिरहेको छ।
जलवायु परिवर्तनको कृषिमा बढ्दो असर र समाधानका उपायहरु:
विश्वको सबैभन्दा ठूलो समस्या तथा जल्दोबल्दो बिषय को रुपमा सबैले जलवायु परिवर्तन लाईलिने गरेका छन।वास्तवमै विश्वको जल्दोबल्दो समस्याको रुपमा जलवायु परिवर्तनले आफ्नो जरा गाडिरेहेको छ। जलवायु परिवर्तन, हरितगृह प्रभाव लगाएतका हानिकारक प्राकृतिक विपत्ति हरुले कुनै सिमाना तथा भुगोल हेर्दैनन , यसकारण पनि हामी यो मामला बाट भुलेर पनि पछि हट्न मिल्दैन ! विश्वभरी कहिनकहि जलबायु परिवर्तन ले बोट बिरुवा , जीवजन्तु, तथा पारिस्थिक पद्धति लाई नै असर पारिरहेको बैज्ञानिक तथ्यहरु हामी सङ्गै छन ।जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि भएको र वर्षाको स्वरूपमा परिवर्तन भएको छ । यी दुई कारणले निम्नानुसारका विभिन्न असर तथा प्रभाव परेको देखिन्छ ।
यसबाट बोटबिरुवा र बालीनालीको जीवनचक्र छोटो भएको पाइन्छ । नेपालमा सरदर बार्षिक ०.०६ डिग्री सेल्सियसले औषत तापक्रम बृद्धि हुने गरेको छ । तापक्रम बढ्ने दर तराईमा भन्दा पहाडमा उच्च छ ।ऊष्ण क्षेत्रमा हुने बोटबिरुवा समशीतोष्ण हुँदै उपोष्ण क्षेत्रतर्फ फैलिन थालेका छन् । मनसुन ढिलो हुनुका साथै वर्षाको तीव्रता बढेको छ । सुक्खा समय लामो हुने गरेको छ । मौसमका तत्वहरू (तापक्रम, वर्षा, हावा) ले अनियमित र अस्थिर स्वरूप देखाउने गरेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गरेको तथा नयाँ–नयाँ झारपातहरूको प्रकोप बढेको र जमिनमा पानीको मात्रा घटेको पाइन्छ ।
तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ। यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको पनि छ। उदाहरणका लागि वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्।
पहाडी भागमा व्यापक बाढीपहिरो जानका साथै स-साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। हिउँ पग्लने दर बढ्नुका साथै हिमरेखा माथि सरेको छ र समुद्रको सतह बढेको छ । यस्ता असरले गर्दा खाद्यान्न उत्पादन घट्न गएको देखिएको छ ।हुन त कतिपय धेरै चिसा क्षेत्रमा नयाँ बालीको सम्भावना नबढेको होइन, तर मौसमका तत्वहरूमा देखिएको अनियमित तथा अस्थिर स्वरूपले गर्दा कालान्तरमा उत्पादनमा नकारात्मक स्वरूप देखिन जान्छ ।
अनावृष्टि र अतिवृष्टिका कारण बाढी–पहिरो गई खेतीयोग्य जमिनको विनाश हुन गएको छ भने सिँचाइ प्रणालीमा नकारात्मक असर परेको छ र पर्न सक्ने देखिएको छ ।यस्ता घटनाको प्रत्यक्ष प्रभाव कृषिक्षेत्र र कृषकमा पर्न जान्छ । जलवायु परिवर्तनले कृषि प्रणालीमा व्यापक हेरफेर भइरहेको छ। नेपालका कृषि वैज्ञानिकका अनुसार ४०/५० वर्ष अघिको र अहिलेको याममा कैही विचलन आएको देखिएको छ।
अहिले केही छिटो आलु रोप्ने समय आइसकेको छ। आलु बालीमा मात्र नभई यो समस्या धान, मकै, गहुँलगायतमा पनि देखिइसकेको छ। सुख्खा मौसम लम्बिएको, असिनापानी र वर्षा अनियमित हुने गरेको, तुषारो, हिउँ ढिलो गरी पर्ने गरेको उनीहरूले बताएका छन्। आलुमा दाना लाग्ने बेला तापक्रम बढी हुन गएमा दाना स-साना हुने या नलाग्ने हुन्छ। अत्यधिक तातो तथा सुख्खाका कारण आलुमा खोक्रोपना देखिने ऐल्लो हार्ट भन्ने रोग लाग्दछ। यसले आलुको स्वरूप बिगार्दछ। त्यसरी नै उच्च तापक्रममा फलेका आलुका दानाहरू कुहिएर खेर जाने, विभिन्न रोगव्याधि लाग्ने हुन्छ।
यस अवस्थामा भाइरसको प्रकोप पनि बढी हुन्छ। फलस्वरूप लाही कीरा र सेता झिंगाहरूका वृद्धि हुन्छ। ब्राउन रट, रिंग रट, इरविनियाजस्ता रोका जीवाणुको वृद्धि हुन्छ। यसैगरी जरामा गाँठा बनाउने जुकाजस्तो निमाटोड देखापर्दछ। यसैगरी गोलभेडालाई पनि जलवायु परिवर्तनले निकै नै प्रभाव पारेको छ। कृषि क्षेत्र नै जोखिममा परेको छ। बालीको असफलता र उत्पादनमा हेरफेर, बालीनाली छिटो पाक्ने तर कम पौष्टिक तत्त्व भएको हुने, बालीनाली लगाउने तरीकाको व्यवस्थापनमा परिवर्तन, भू-उत्पादकत्वमा ह्रास, सिंचाईको लागि पानीको आवश्यकता तथा सिंचाई खर्चमा बृद्धि, पूर्ववत कृषि तरिकामा परिवर्तन, बस्तुभाउलाई आवश्यक पर्ने पानीको मागमा वृद्धि र रोगकीराको बढ्दो प्रकोप कृषिमा जोखिम हुन्।
वातावरणीय परिवर्तनबाट कृषि क्षेत्रमा निकै असर पुर्यामइरहेको देखिन्छ। जस्तो वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा धेरै भएमा गहुँ, भट्टमासजस्ता बालीनालीको उत्पादनमा ३० प्रतिशत उत्पादकत्व बढ्छ। तर धेरै गर्मी ता अधिक वर्षा भएमा बालीनालीको उत्पादनमा ह्रास आउँछ। बढी गर्मीमा बाँझोपन बढ्ने, रोगको प्रकोप हुने र पशुहरूका दूध उत्पादनमा कमी आउँछ। त्यसरी नै जलवायु परिवर्तनले माछाको बासस्थानमा कार्वनको मात्रा र अम्लीयपना बढ्न गई प्रजनन क्रियामा सुस्तता देखिन्छ।
कृषि पेसालाई दिगो बनाउन पनि उत्तिकै जरूरी छ। नेपालमा नितिगत रुपमा केहि काम भएका छन् । जलवायु परिवर्तन नीति २०६७, राष्ट्रिय अनुकूलन कार्यक्रम, स्थानीय अनुकूलन योजना बनेका छन् ।साबिकका केहि गाउँ विकास समिति, नगरपालीकाले आफ्नो स्थानीय अनुकुलन योजना निर्माण पनि गरेका छन्।अब कमि छ त स्रोत र साधनको ।
कृषिमा तत्कालीन र दिर्घकालीन जलवायू अनुकुलन योजना बनाई कार्यन्वयनमा ल्याउन ढिला गर्नु हुँदैन । संकटासन्न अबश्थामा परेका परिवारहरु पहिचान गरी उनिहरुको जिविकोपार्जनको बैकल्पिक उपाय अबलम्बन गर्न सहयोग गर्नु पर्दछ । कृषिमा जलवायूमैत्री प्रबिधिको छनौट र बिस्तार गर्नु पर्दछ ।
पानीका स्रोतहरुको पहिचान गर्ने, संरक्षण गर्ने, संकलन गर्ने र कृषिमा पानीको प्रभावकारी प्रयोग गर्न सक्नु पर्दछ । बालि छनौटमा बिशेष ध्यान दिई उपयुक्त ठाउँलाई उपयुक्त बालि छनौट गर्नु पर्दछ । चरम मौसमी घटनाहरुसँग जुध्न सक्ने गरी आपतकालिन योजनाहरु निर्माण गर्ने र स्रोत तथा साधनयुक्त बनाउन सक्नु पर्दछ । सुख्खा, खडेरी तथा अधिक बर्षा सहन सक्ने बालिका जातहरुको अनुसन्धान र बिकास गरी प्रयोगमा ल्याउनु पर्दछ । खेतियोग्य जमिनको प्रयोग र ब्यवस्थापन नयाँ ढंगले गर्ने र बालि बिबिधिकरणमा ध्यान दिनु जरुरी छ । माटोको गुणस्तर सुधार गर्न र कार्बनको मात्रा बृद्धि गर्न माटोमा प्राङ्गारीक पदार्थको मात्रा बृद्धि गर्नु पर्दछ ।
पशुपंक्षीमा बक्ष सुधारका साथै जलवायूमैत्री बासस्थान, आहारा तथा स्वास्थ्यका कार्यक्रमहरु बनाई पशुको उत्पादकत्व बृद्धि गर्न सक्नु पर्दछ । तराईमा बाढि र नदि कटानको समस्यालाई न्युनिकरण गर्न नदि तटबन्ध कार्यक्रमलाई प्रभावकारी बनाउँनु पर्दछ । बिभिन्न माध्यमबाट जनस्तरमा चेतनामुलक कार्यक्रम ल्याउने तथा उनिहरुको अनुकुलन क्षमता बढाउने कार्यक्रमहरु संचालनमा ल्याउनु पर्दछ ।
मौषम पुर्वअनुमानलाई प्रबिधियुक्त बनाई सर्बसाधरणको पहुँच सम्म पुर्याउने र चरम मौषमि घटनाबाट हुन सक्ने धनजनको क्षति न्युनिकरण गर्न सक्नु पर्दछ । आबश्यक निति निर्माण गर्न तथा अन्तराष्ट्रिय मञ्चहरुमा प्रस्तुतीकरणको लागी जलवायू परिवर्तनले पारेका र पार्नसक्ने जोखिमहरुमा आधारित खोज र अनुसन्धान गरी सहि तथ्याङ्कक संकलन गर्नु जरुरी छ ।
यसका लागि कृषि मैत्री कार्य गर्नु जरूरी हुन्छ। दिगो कृषि प्रणालीको लागि स्रोतको सदूपयोग गर्ने, जलवायु परिवर्तन अनुकुलन हुने बालीनाली जातको विकास गर्ने, फडानी तथा डढाउने कृषि प्रणालीलाई निरूत्साहित गर्ने, पूर्व अनुमान र जानकारी पूणालीको विकास गर्ने र धानखेत तथा वस्तुभाउबाट उर्त्र्सजन हुने मिथेन ग्यास व्यवस्थापन जलवायु परिवर्तनमैत्री कृषि अनुकूलन कार्य हुन्।
कृषि अधिकृत: बबि बस्नेत