दाङ, जेठ २० ।
दैलेखमा मदिराले मातको बाबुले खुर्पा प्रहार गरि आफ्नै छोराको हत्या गरेका छन् ।
जिल्लाको नारायण नगरपालिका–९ सालखर्कका ७० वर्षीय कविराज थापा आफ्नै ४५ वर्षीय छोरा यादव थापाको हत्या गरेको आरोपमा पक्राउ मंगलबार मध्यराति पक्राउ परेका हुन ।
मदिरा सेवन पछि मातेका बाबुले सामान्ने घरायसी बिबादका क्रममा छोराको गर्धन लगाएतका बिभिन्न ठाउँमा खुर्पा प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए ।
घाइतेलाई जिल्ला अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
बाबुले सामान्ने बिबादका क्रममा छोरा माथि मंगलबार राति करिब ११ बजेतिर खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
