बिबस रसाइली
तुलसीपुर , जेठ ३ ।
दाङको दंगीशरणमा पहिलो पटक केही युवाहरु मिलेर तरभुजा खेती गरेका छन् ।
दंगीशरण गाउँपालिका –१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गरेका छन् ।
त्यहाँको बबई नदीको उकास जग्गामा स्थानीय किसान कृष्ण चौधरी लगायत पाँच जनाले मिलेर तरबुजा खेती गरेका हुन ।
उनीहरुले खेती गरेपछि विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको कृषक कृष्ण चौधरीले बताए ।
स्वदेशमै कृषी पेशा बाट आत्मनिर्भर बन्न आफ्नै ठाउँमा तरबुजा खेती मिलेर गरेको चौधरीले बताए ।
उनीहरुले १२ कठ्ठा क्षेत्रफलमा आहाना , पुजा, सरस्वती ,दिव्या र स्वीटहनी जातका तरबुजा खेती गरेका छन् ।
अहिले आहाना, प्रति किलो ८० र स्विटहनी , सरस्वती , पुजा , दिव्या, प्रति किलो ५० को दरले गाउँमै बिक्रि भएको उनीहरुले बताएका छन् ।
अहिले दैनिक एक सयदेखि डेढ सय केजीसम्म तरभुजा बिक्री हुने गरेको उनीहरुले बताएका छन् ।
सरकारले भारतबाट आउने तरबुजालाई रोक्नु पर्ने उनीहरुको सुझाब छ ।
गर्मीको समयमा तरभुजा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
खेर गइरहेका बगरमा तरबुजाखेती गरेर उनीहरले अन्यलाई पनि आम्दानीको संभावना औंल्याएका छन् ।
