२०८३ बैशाख २७ गते आइतवार

आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना


दाङ,बैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *