
बिजौरी,बैशाख २६ । बिजौरी उद्योग बाणिज्य संघले १३ औं साधारणसभा तथा छैठौं अधिबेशन गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले आगामी असार १३ गते १३ औं साधारणसभा तथा छैठौं अधिबेशन गर्ने निर्णय गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।
बैठकले संघमा आबद्ध ब्यवसायीहरुलाई जेठ २५ गते सम्म सदस्यता नवीकरण गर्न आग्रह गर्ने र नया सदस्यहरुलाई दर्ता प्रक्रियामा आउन पहल गर्ने निर्णय गरेको उनले बताए ।
संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा बसेको बैठकले केही बर्ष पहिले बिजौरी बजारका लागि निर्माण गरिएको प्रहरी बिट हाल प्रयोगमा नरहेको हुँदा उक्त बिट बिजौरी उद्योग बाणिज्य संघको स्वामित्वमा तुलसीपुर १९ छिल्लिकोटमा सुरक्षा दिइरहेका सुरक्षाकर्मिहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै यस क्षेत्रकाे शान्ति सुरक्षाको ब्यवस्था अब्बल बनाउन बिजौरीका विभिन्न ४ वटा स्थानमा
सिसिक्यामेरा जडान गर्ने समेत जनाएको छ ।
शनिबार बसेको संघको बैठकमा पुर्ब अध्यक्ष मुकेश वलि,निबर्तमान अध्यक्ष प्रेमनाथ योगी,संघका कानुनी सल्लाहकार बिस्नुमणि धिताल लगाएतको उपस्थिति रहेको थियो ।