२०८३ बैशाख २५ गते शुक्रवार

इनिशा हत्या प्रकरण – जिल्ला अदालतकै आदेश उच्चबाट सदर


दाङ, बैशाख २५ ।

उच्च अदालत सुर्खैतले सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको बलात्कार तथा हत्या प्रकरणमा यसअघिको जिल्ला अदालतकै आदेश जस्ताको त्यस्तै सदर गरेको छ ।
गत चैत १७ गते जिल्ला अदालत सुर्खेतले इनिशा बिकको बलात्कार र हत्या प्रकरणमा चारै जना अभियुक्तलाई पर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको थियो ।
उच्च अदालतका प्रबक्ता प्रेमप्रकाश थापाका अनुसार न्यायाधीस द्धय हरिप्रशाद जोशी र खेमराज भट्टको संयुक्त इजलासले बिहीबार यसअघि जिल्ला अदालतको आदेशलाई जस्ताको त्यस्तै सदर गरेको हो ।
गत फागुन २३ गते बिहानै घरबाट ट्युसन पढ्न भनेर गएकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा बिहान ९ बजेतिर मृत अवस्थामा फेला परेकी थिइन ।

पोस्टमर्टम रिपोर्टले बलात्कारपछि यौनांगमा भित्री चोटपटक लागेको र त्यसका कारण अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको उल्लेख गरेको थियो।

घटना पछि इनिशाका अभिभावकले बलात्कार र हत्यामा संलग्न चारै जना १८ बर्ष मुनीका बालकका विरूद्ध सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए। त्यसमाथि सुनुवाई गर्दै जिल्ला न्यायाधीश दीपक ढकालको बाल इजलास नम्बर १ ले चैत १७ गते चारै जनालाई बालसुधार गृहमा पठाउने आदेश दिएको थियो ।
त्यसपछि चारै जनालाई बाँकेको खजुरास्थित बालसुधार गृहमा पठाइएको थियो । जिल्लाको सोही फैसलालाई उच्चले पनि जस्ताको त्यस्तै सदर गरेको हो ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *