
दाङ, , बैशाख २५ ।
ट्रकमा २० गोरु फेला परेपछि प्रहरीले चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अबैध रुपमा गोरुको ओसार पसार गरेको आरोपमा झापाको मेचीनगर नगरपालिका – ११ का ३७ बर्षीय खड्गबहादुर दाहाल र ट्रकका चालक मोरङको बुडीगंगा गाउँपालिका – २ का ३५ बर्षीय चालक बिजयकुमार महत्तो बिहीबार कपिलबस्तुमा पक्राउ परेका हुन ।
पश्चिम बाट पूर्व तर्फ लैजाँदै गरेका २० वटा गोरुलाई कपिलबस्तुको शिवराज नगरपालिकाको बिजौरीस्थित पशु संरक्षण संस्था नेपालको संरक्षणमा राखिएको छ ।
पक्राउ परेका दुबै जना बिरुद्ध पशुपंक्षी सम्बन्धि कसुर मुद्दा चलाउने गरि अनुसन्धान गर्न कपिल बस्तु जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।
कपिलबस्तुका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार पूर्वपश्चिम राजमार्ग अन्र्तगत कपिलबस्तुको शिवराज नगरपालिका –९ बाट बिहीबार ना ५ ख २३६४ नम्बरको ट्रकमा अबैध रुपमा गोरु राखेर पूर्व तर्फ लैजाँदै गरेको अवस्था देखेपछि ट्रकसहित मानिसहरु नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका दुई जना उपर थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।