
देउखुरी, वैशाख २४ । दाङको गढवामा एक स्थानीयको घरमा फेला परेको दुर्लभ मानिने ‘राज गोमन’ सर्पको उद्धार पछि प्राकृतिक वासस्थानमा छोडिएको छ ।
गढवा गाउँपालिका–७ लक्षिनपुरकी सुशिला गुरुङको घरमा बुधबार बुलेकी ८ बजेतिर संसारकै बिषालु मानिने किङ कोब्रा ‘राज गोमन’ सर्प फेला परेपछि त्यसको उद्धार गरि लमहीस्थित सामुदायिक वनमा ल्याएर छोडिएको हो । गढवा क्षेत्रमा अति नै बिषालु मानिने दुर्लभ प्रजातिको राज गोमन सर्प फेला परेको यो पहिलो घटना हो ।
उक्त सर्पको पत्रकारसमेत रहेका उद्धारकर्ता शिवु खनालले दुई जना वनकर्मीको सहयोगमा करिब एक घण्टाको प्रयासपछि जिवितै उद्धार गरेका थिए । करिब १० फिट लामो तथा आठ केजी तौलको त्यो सर्पलाई लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वनमा लगेर छोडिएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार