२०८३ बैशाख २४ गते बिहिवार

बिशालको हत्या आरोपी ६ जना पक्राउ

दाङ, बैशाख २३ ।

बाँकेको खजुरा गाउँपालिका – ६ का २१ बर्षीय बिशाल चन्द ठकुरीको हत्या आरोपमा ६ जनालाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको छ ।
घटनाका मुख्य योजनाकार कैलालीको लम्कीचुहा नगरपालिका –१ का १९ बर्षीय दिपेन्द्रराज गिरी, उनका साथीहरु २० बर्षीय बिबियस कुँवर, १८ बर्षीय सुशिल खत्री, २० बर्षीय खकेन्द्र देवकोटा पक्राउ परेका छ्न ।
त्यस्तै कालिकोटको पचाल झरना नगरपालिका – ६ का १८ बर्षीय सन्तोष संज्याल र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ३ का २० बर्षीय रुपेश थापापनि पक्राउ परेका छ्न ।
प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका – १२ बेलासपुरका २१ बर्षीय प्रतिम अधिकारीको २१ गते ब्रतबन्ध कार्यक्रम थियो । उनले आफ्ना साथीहरुलाई ब्रतबन्धमा बोलाएका थिए ।
घरमा सुत्नलाई ठाँउ नपुगेपछि नजिकै घर भएका आफन्तसमेत पर्ने दीपेन्द्र रोकायाको घरमा सुत्नका लागि प्रितमले साथीहरुलाई पठाइएका थिए । जहाँ उनीहरुले राति अबेरसम्म मदिरापनि सेवन गरेका थिए ।
उनीहरु सबै रोकायाको घरको एउटै कोठामा बसेर रमाइलो गर्ने क्रममा २२ गते बिहान २ बजेतिर कैलालीका १९ बर्षीय दीपेन्द्रराज गिरी र बिशाल चन्द ठकुरीका बीचमा सामान्ने बिषयलाई लिएर आपसमा बिबाद सुरु हुन्छ । प्रितमका साथीहरु भएपनि ठकुरी र गिरीका बीचमा सोही दिन मात्रै चिन जान भएको थियो ।
त्यो सामान्ने बिबाद पछि गिरी बिहान २ बजेतिर कोठाबाट निस्किएर बाहिर गए । गिरीले ठकुरी संगको सामान्ने बिबादलाई गम्भीर रुपमा लिदै कैलालीको लम्कीचुहाका आफ्ना साथीहरुलाई फोन गरे । प्रहरीका अनुसार गिरीले साथीहरुलाई आफ्नो एक जना संग बिबाद परेको हुँदा रातारात नेपालगंज आउन आग्रह गरे ।
गिरीले बोलाएको हुँदा कैलालीको लम्कीचुहा –१ का २० बर्षीय बिबियस कुँवर, २० बर्षीय खकेन्द्र देवकोटा र १८ बर्षीय सुशिल खत्री मोटरसाइकलमा चढेर रातारात नेपालगंज आइपुगे । उनीहरु बिहान ५ बजेतिर नेपालगंज आइपुगे पछि दीपेन्द्रराज गिरी लगाएत चारै जनाले आपसमा सल्लाह गरि बिशाल चन्द ठकुरी सुतिरहेकै ठाँउमा गइ बियरका बोत्तल, चक्कु लगाएतले आक्रमण थाल्छन् ।
ठकुरी ज्यान जोगाउन कोठा बाट भाग्न खोज्छन् । तर, उनीहरुले छोड्दैनन् । लखेटदै आक्रमण जारी राख्छन् । बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीका अनुसार झन्डै एक सय मिटर पर पुग्दासम्म त्यो क्रम जारी रहन्छ । त्यसपछि भने ठकुरी प्रहार सहन नसकी बाटोमै लड्छन् ।
त्यसपछि आक्रमणमा संलग्नहरु त्यहाँबाट भाग्छन् । नेपालगंजबाट भागेका गिरीसहितका चार जना उनीहरुलाई प्रहरीले पच्छ्याउँदै बर्दियाको ठाकुर बाबा नगरपालिका –२ अम्रेनीबाट मंगलबार बेलुकी मात्रै नियन्त्रणमा लिएको डिएसपी पातलीले बताए ।
यो घटना हुँदा जुम्लाको चन्दननाथ नगरपालिका – ४ का २० बर्षीय योगेन्द्र कामी घाइते भएका थिए । उनी मंगलबार उपचार पछि डिस्चार्ज भइ सकेको डिएसपी पातलीले बताएका छन् । कामीपनि प्रितमले ब्रतबन्धमा निमत्याएका साथी हुन । उनीपनि हत्या आरोपमा पक्राउ परेका कालिकोटको पचाल झरना नगरपालिका – ६ का १८ बर्षीय सन्तोष संज्याल र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ३ का २० बर्षीय रुपेश थापा जस्तै नेपालगंजमा बसेर अध्यरत बिद्यार्थी हुन ।

प्रहरीले घटनास्थल बाट एउटा सानो चक्कु, बियरका फुटेका टुक्राहरु बरामद गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरी हत्या काण्डका बारेमा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *