
दाङ, बैशाख २२ ।
सुन / चाँदीको मूल्य घटेको छ ।
नेपाली बजारमा सुनको भाउ मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको छ । सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
सुन सोमबार तोलामा तीन सय रूपैयाँ घटेर दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
चाँदी तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी सोमबार प्रतितोला पाँच हजार ३० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार