२०८३ बैशाख २१ गते सोमवार

तुलसीपुरमा पहिलो पटक कोरियन खानाका परिकार पाइन पसल खुल्यो


तुलसीपुर, बैशाख २१ ।
तुलसीपुरमा पहिलो पटक कोरियन खानाका परिकारहरु पाइने मार्ट खुलेको छ ।
तुलसीपुरस्थित जिल्ला रेडक्रस कार्यालय संगै सटेको घरमा खोलिएृको कोरियन खानाका परिकार पाइने मार्टको सोमरबार तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देबबहादुर केसीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बाणिज्य संघका महासचिव केशवराज केसी, ब्यबसायी तथा कोमल लजका संचालक नरेन्द्र वली लगाएत उद्योगी ब्यबसायी उपस्थित थिए ।

यो मार्ट सात बर्ष कोरियामा बिताएकी गंगा गिरीले स्वदेश फर्किए पछि खोलेकी हुन ।
प्रासेसिड कोरियन खानाका परिकार किन्न पाइने यो पहिलो र एक मात्र पसल हो । जस्को नाम ‘को मार्ट’ रहेको छ । विश्वभर लोकप्रिय नुडल्स, चोकोपाइ, कोरियन मसला, जुस लगाएतका सामाग्रीहरु किन्न पाइन्छ आउने गरेको बताइन । ती परिकारहरु घरमा लगेर पकाएर खान मिल्ने खाले छन् । ‘यही खाने मिल्ने खाले होइन ,’ गंगाले भनिन् ‘ घर लगेर आँफैले पकाएर रमाउँदै खान मिल्छ ।’
झन्डै १० देखि १५ लाखसम्म लागत लाग्ने अनुमान गरिएको ‘को मार्ट’ गंगाले गरेकी हुन । आँफु कोरिया छँदा रेष्टुँरण्टमा काम गरेकी उनले त्यही आँफुलाई मन परेका खानाका परिकारहरु किन्ने पाइने मार्ट खोलेकी हुन ।
‘आउनुहोस हेर्र्नुहोस म सिकाइदिन्छु घरमा लगेर मज्जाले पकाएर परिवारका सदस्य संग रमाउँदै खानुहोस,’ उनले भनिन् ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *