२०७८ बैशाख २५ गते शनिवार

उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन  ।

सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका हुन्  ।

“समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छौँ”, उहाँले भन्नुभयो । प्रहरी सङ्गठनभित्र निष्ठा र इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि समाजको सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *