२०८३ भाद्र १२ गते शुक्रवार

ट्याक्टर दुर्घटनामा परि दुई जना गम्भीर घाइते

दाङ, चैत ३० ।

रोल्पामा ट्याक्टर दुर्घटनामा परि दुई जना शक्त घाइते भएका छन् ।
जिल्लाको त्रिबेणी गाउँपालिका – ७ दोरेणीका ३४ बर्षीय श्याम डाँगी र सह चालक रोल्पा नगरपालिका – ६ धर्मशालाका १७ बर्षीय हिमाल तामाङ गम्भीर घाइते भएका छन् ।
गम्भीर अवस्थाका दुबै जनालाई जिल्ला अस्पताल रेउघाको प्रारम्भीक उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि रिफर गरिएको छ ।
जिल्लाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार आइतबार राति साढे ८ बजेतिर रोल्पा नगरपालिका – ९ ह्वामा लु ३ त ३१४७ ट्याक्टर सडकदेखि २०० मिटर तल खसेको थियो ।

सूचना पाएपछि प्रहरी करिब ९ बजेतिर घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । राति सवा ११ बजेतिर मात्रै प्रहरीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो ।
गम्भीर अवस्थाका दुबैजनालाई सोमबार बिहान साढे २ बजेतिर बुटवलका लागि रिफर गरिएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *