
दाङ,साउन ६ । दाङमा एक जना दश बर्षीया बालिकाले आत्महत्या गरेकी छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ बागमारे निवासी धनराज खत्रीको छोरी बर्षा खत्रीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार दश बर्षीया बालिका बर्षा पढ्न भनि घरको माथिल्लो तलामा गएकी थिइन ।
सोमवार दिउँसो साढे तीन बजेतिर पढ्न भनि माथिल्लो तलामा गएकी छोरीलाई केहीबेर पछि हेर्न भनि गएकी आमाले झुण्डिएको देखेपछि तत्काल आमाले पासो काटी निकालेपनि उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रबक्ता शाहले जानकारी दिएका छन् । बालिका बर्षा झुल र कराटे खेल्ने बेल्टले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले साढे ४ बजेतिर उक्त खवर पाए लगतै ईलाका प्रहरी कार्यालय खिलतपुरवाट प्रहरी निरिक्षक डाक्टर प्रशाद चौधरीको नेतृत्वमा टोली गएको र घटनावारे थप अनुसन्धान जारी रहेको डिएसपी समेत रहेका शाहले जानकारी दिएका छन् ।
