२०८३ साउन २४ गते आइतवार

तुलसीपुरका २ महिलासहित घोराहीबाट ५ जना ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर , चैत १२ । तुलसीपुरका दूई महिलासहित घोराहीबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ परेका तीन महिला मध्य दुई जना तुलसीपुरका हुन भने बाँकी दुई पुरुष घोराहीका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ६ घर भइ घोराही –१३ बस्दै आएकी १८ बर्षीया यस कुमारी नेपाली र तुलसीपुर – ६ घर भई घोराही – १३ बस्दै आएकी २४ बर्षीया मिना नेपालीपनि छन् । प्रहरीका अनुसार उनीहरु आपसमा नजितकका नातेदार हुन ।


त्यस्तै घोराही उपमहानगरपालिका –.१५ का २० बर्षीय सौरव वली, घोराही – १३ की २८ बर्षीया सृजना चौधरी र घोराही – ४ मा घर भइ घोराही –१३ मा बस्दै आएका २६ बर्षीय बिशाल बिकपनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार उनीहरुको साथबाट १८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।


घोराही उपमहागरपालिका – १५ स्केट पार्क नजिक लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, नेपाली नगद रुपैँया, सुन जस्तो देखिने पहेलो धातु र मोबाइल लगाएतका सामाग्री बरामद गरेको थियो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातु १६.२ लालपनि बरामद भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

शरिर खानतलासीका क्रममा उनीहरुको साथबाट नगद रुपैंया ४८ हजार ७२५पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । बस्नेतका अनुसार यो गिरोहले सुरुमा सुन चोरी गर्ने र त्यसपछि आगुऔषधमा त्यो रकम लगाउने गरेको तथ्य प्रराम्भीक अनुसन्धान बाट खुलेको जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत घोराही बाट लागु औषध सम्बन्धी कसूरमा १० दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *