दाङ, चैत १० । बर्दिया बिहान भर जस्तो तनाब ग्रस्त बन्यो ।
उपचारका क्रममा सहोदर दाजु भाइको मृत्युको बिषयलाई लिएर स्थानीयले हुलाकी राजमार्ग अवरोध गरेपछि त्यो खुलाउन जाँदा प्रहरीमाथि स्थानीय जाइ लागेपछि स्थिति तानब ग्रस्त बन्न पुगेको थियो ।
स्थानीयको ढुँगा मुडा प्रहार बाट सात जना प्रहरी घाइते भए ।
स्थिति नियन्त्रणमा लिने प्रहरीले ४ राउन्ड हवाइ फायर गर्नुका साथै ९ राउन्ड अश्रग्याँस प्रहार गर्नु परेको थियो ।
घाइते मध्य एक जना प्रहरी सहयाक हवल्दारको अनुहारमा बाँकेको काहेलपुरस्थित मेडिकलकलेजमा उपचारका जारी छ । एक जना प्रहरी निरीक्षकसहित अन्यको बर्दियामै उपचार जारी छ ।
यो तनाबको मुख्य कारण गुलरिया नगरपालिका– ११ गणेशपुरका सहोदर दाजु भाइ ४० बर्षीय सुरेश खटिक र ३० बर्षीय बहोरण खटिकको मृत्युले गर्दा भएको थियो ।
बर्दियाका प्रहरी प्रबक्ता डिएसपी प्रमेश बिष्टका अनुसार मदिरा सेवन पछि घरमै सुतेका मध्य चैत ७ गते बिहान सवा ४ बजेपछि सुरेशले श्वाप्रस्वासमा समस्या भएको भनेपछि उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजमा पुर्याइएको थियो ।
उपचारका क्रममा उनको बिहान सवा ५ बजेतिर मृत्यु भयो । बिरामी परेका उनका भाइ बहोरण खटिकको पनि उपचारका क्रममा चैत ९ गते बिहान उपचारका क्रममा मृत्यु भएको थियो । यी दाजु भाइले चैत ६ गते छिमेकी देश भारको बजारमा गइ मदिरा सेवन गरि घर आइ सुतेका थिए ।
उनीहरुको एकाएक स्वास्थ्य स्थिति बिग्रिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो र उपचारका क्रममा दुबै दाजु भाइको मृत्यु भएको थियो ।
यो घटना बारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।
तर, स्थानीयले भने उनीहरुको मृत्यु भारतमा गइ लागुऔषध सेवन गरेका कारण भएको बताएका छन् ।
त्यसैले उनीहरुले सीमा नाका थप ब्यबस्थित हुनुपर्ने तथा लागुऔषधको अबैध कारोबार पूर्ण रुपमा बन्द हुनुपर्ने माग गर्दै नेपालगंज गुलरीया हुलाकी सडक खण्ड अन्तरगत गुलरीया ११ गणेशपुर चोकमा अवरोध राखेर चक्का जाम गरेका थिए ।
सोही अवरोध हटाउन पुगेको प्रहरी माथि स्थानीयले ढुँगा मुडा गरेका थिए ।
बिहान १० बजेपछि प्रहरीले स्थिति नियन्त्रणमा आइ सकेको जानकारी दिएको छ ।