२०८३ साउन २८ गते बिहिवार

तुलसीपुरको यो प्रशासनीक भवन ‘प्रबलीकरण’ गरे पुनः प्रयोग गर्न मिल्ने

तुलसीपुर, चैत १० । तुलसीपुर उपमहानगरपालिकाको आगजनी बाट क्षतिग्रस्त अवस्थामा पुगेको पाँच तले नयाँ प्रशासनिक भवन रेट्रोफिट ‘प्रबलीकरण’ गरे पुन ः प्रयोग गर्न मिल्ने अवस्थामा रहेको बिज्ञहरुले सुझाएका छन् ।


भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड बाट भवन जिर्ण अवस्थामा पुगेको हुँदा हालसम्म खाली छ ।


काठमाडौंबाट अध्यननका लागि आएको कन्सल्टेन्सीको बिज्ञ टोलीले मेसिनबाट चेकजाँच गरि प्रशासनिक भवन ‘प्रबलीकरण’ गरेमा पुनः प्रयोग गर्न मिल्ने अवस्थामा रहेको सुझाएको तुलसीपुरका इञ्जिनियर श्रीनारायण चौधरीले बताए ।


भवन अध्यनमा आएको बिज्ञसहितको उक्त टोलीले क्षतिग्रस्त अवस्थाको यो भवन रेट्रोफिटिङ गर्न झन्डै दुई करोड बढी खर्च लाग्ने अनुमान गरेको छ ।


‘ बिना रेट्रोफिट भवनमा बस्न मिल्दैन भनिएको छ,’ इञ्जिनियर चौधरीले भने ‘ त्यो टोलीले डिजाइ गरि रहेको छ र रेट्रोफिटका लागि झन्डै दुई करोड लाग्ने आँकलन गरेको छ ।’


कन्सल्टेन्सीको अध्यन टोलीले रेट्रोफिटका लागि प्रारम्भीक डिजाइन गरि पठाएको भएपनि फाइनल डिजाइन भने पठाइ नसकेको इञ्जिनियर चौधरीले बताए । रेट्रोफिटका लागि फाइनल डिजाइन आएमा टेन्डर आह्वान गरि पुनः भवन ‘प्रबलीकरण’को काम थालनी गर्ने तयारीमा उपमहानगरपालिका छ ।


यो प्रशासनिक भवन २०७९ अन्तिमा निर्माण पुरा भएको थियो । टीकाराम खड्का निर्वाचित भएर आएपछि उनले प्रशासनीक भवनको उद्घाटन पछि प्रयोग हुँदै आएको थियो ।
तुलसीपुरका इञ्जिनियर पवन योगीका अनुसार यो भवन भ्याट बाहेक ३ करोड ९० लाखमा निर्माण पक्ष संग संझौता भइ निर्माण भएको थियो ।

अण्डरग्राउन्ड पार्किङसहित पाँच तले भवन भदौ २४ गते आन्दोलनमा नाममा आगजनी गरिएको थियो । अण्डरग्राण्डमा पार्किङ गरि राखिएका ब्यक्तिकासहित सरकारी गाडी मोटरसाइकलसमेत गरि एक दर्जन जति सवारी साधन आगजनी बाट ध्वस्त पारिएका थिए ।

आन्दोलनकारीले अण्डरग्राउन्ड पार्किङमा राखिएका सवारी साधनमा आगजनी गर्नुका साथै त्यहाँ ग्यास सिलिण्डरपनि बिष्फोट गराएको हुँदा भवनको पिलर लगाएतका संरचनामा क्षति पुगेको थियो ।


जेनजी आन्दोलनका क्रममा त्यो दिन तुलसीपुरस्थित उच्च अदालत, आन्तरिक राजश्व कार्यालयमा भएको आगजनीका कारण ती दुई कार्यालय जिर्ण अवस्थामा पुगेको हुँदा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका थिए ।

त्यस्तै मालपोत कार्यालय, यातायात ब्यबस्था कार्यालय, इलाका प्रशासन कार्यालय भने केही मर्मत पछि पुरानै स्थानबाट संचालन हुँदै आएका छन् ।


भदौ २४ गते जेनजी आन्दोलनकारीले तुलसीपुरको बिजौरीस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलको निजी निवास, नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरीको निजी निवास, नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्लीबहादुर चौधरीको दुई वटा निजी निवास र नेकपा एमालेकी नेतृ कोमल वलीको होटेल तथा रिसोट लगाएतमा आगजनी गरि क्षति पुर्‍याएका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *