दाङ, चैत १० । डोटीमा जिप दुर्घटना परि चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी जिल्लाको आदर्श गाउँपालिका – ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया र सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो ।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरबको राति साढे १२ बजेतिर जिप आदर्श – ६ रौसेल्ला घुम्तीबाट झन्डै ९०० मिटर मुनी खसेको थियो ।
शव खोलाबाट सडकमा ल्याउने कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढंगेलले बताए ।
दुर्घटनाको कारण खुली नसकेको तथा अनुसन्धान जारी रहेको ढुँगेलले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार
