२०८३ साउन २४ गते आइतवार

सुनको मुल्य तोलामै घटयो १२ हजार ५ सय,कतिमा हुँदैछ कारोबार ?


दाङ,चैत ८ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको छ।

केही समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।

पछिल्लो एक सातामा सुनको मूल्य २७ हजार ४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। गत आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५५ रुपैयाँ घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय परिवेशका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्दा नेपाली बजारमा पनि सुनको मूल्य आकाशिएको हो।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *