२०८३ साउन १ गते शुक्रवार

टिप्पर दुर्घटनामा ४ जनाको मृत्यु

दाङ, चैत ८ । पाल्पामा शनिबार बेलुकी भएको टिप्पर दुर्घटनामा मृतकको संख्या चार पुगेको छ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परि टिपर चालक अर्घाखाँचीको सितगंगा नगरपालिका – ४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका – २ खैरेनीका २६ सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका – १० का ३३ वर्षीय राजन चिदीको मृत्यु भएको छ ।


घटनास्थलमै चालकसहित तीन जनाको मृत्यु भएको थियो भने चिदीको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा राति मृत्यु भएको डिएसपी चौधरीले बताए ।

पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर शनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो ।


माथागढी गाउँपालिका – ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।
टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *