२०८३ साउन २६ गते मङ्गलवार

‘एआईको मात्रै निर्भरताले भविश्यमा विद्यार्थीलाई प्रभावित तुल्याउन सक्छ’

तुलसीपुर, चैत ६ । एआई जस्ता प्रबिधि र बिज्ञानका आविस्कारहरुको प्रयोगले अध्यनमा सहजता थपेपनि त्यसमै निर्भर हुँदा भविश्यमा विद्यार्थीलाई त्यसले प्रभावित तुल्याउने चिन्ता ब्यक्त भएको छ ।


तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा प्रथम ‘राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ मा शुक्रबार सम्बोधन गर्दै भारतका प्राध्यापक डा. सुशान्त चौधरीले त्यस्तो चिन्ता ब्यक्त गरेका हुन ।


मानविय स्रोत नै कुनैपनि भूगोलको बास्तिबिक स्रोत भएको भन्दै उनले तर पछिल्लो एआईको उचित उपयोग र अन्ध्यन गर्न सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको उनले बताए ।

अध्यताहरुले स्थानीय संस्कृति र भूगोललाई समाहित गर्दै अगाडि बढाएको शिक्षाले अनुसन्धानमा सहयोग पुग्ने चौधरीको तर्क थियो ।


‘नयाँ ज्ञान र सृजनाले समस्याको समाधान गर्न सघाउ पुर्‍याउँछ,’ प्राध्यापक चौधरीले भने ‘त्यसले समस्या समाधान गर्ने नयाँ बाटो पत्ता लगाउँछ ।’

त्रिभुवन विश्व विद्यालयका प्रा. डा. शंकरप्रशाद खनालले मुलक भरका विश्वविद्यालयको अवस्था र उनीहरुले झेल्दै आएको समस्या तथा त्यो समस्या समाधानका उपाएहरु बारे धारणा राखेका थिए ।


नेपाल सरकारले उच्च शिक्षाका लागि बिनियोजन गर्ने बजेट अप्रयाप्त रहेको, कक्षा कोठामा बिद्यार्थीको बढी भिड हुने गरेको, भौतिक पूर्वाधार कमजोर रहेको, आधुनिक र प्रयाप्त पुस्तकालयको अभाव रहेको जस्ता समस्या समाधान गर्न सके शिक्षामा देखिएका समस्या समाधान गर्न संभव हुने बताएका थिए ।


प्रा. डा. उज्वल अधिकारीले स्रोत र साधनको सही सदुपयोग गर्दा रोजगारीका अवशर सृजना भइ राष्ट्र बिकासको पथमा लम्किने बताए ।

तुलसीपुरका मेयर टीकाराम खड्काले गोष्ठीले शैक्षिक क्षेत्रमा ब्याप्त निराशा चिर्न तथा प्लस टू पछि बिदेश पलायन हुने युवालाई स्वदेशमै रोक्ने खाले शिक्षाको आवश्यकता औंल्याएका थिए ।


‘ यो गोष्ठी बाट राष्ट्रिय नीतिमा भएका समस्या समाधान गर्दै शैक्षिक क्षेत्रमा देखिएका समस्या पहिल्याउन भूमिका खेल्ने आशा छ,’ मेयर खड्काले भने ।


गोष्ठिमा टियूका प्रा. डा. रमप्रशाद चौधरी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख डा. नारायण पन्थी, लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख ताराप्रशाद उपाध्याय, राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख गणेश पार्धे, ज्ञानज्योति उच्च माविका सिईयो सुरेन्द्रबहादुर जिसी, गोरखा उच्च माविका बिजयमान जिएम लगाएतका बक्ताले स्थानीय समुदायका समस्या समाधान गर्नू बास्तबमा राष्ट्रलाई माया गर्नु हुने बताएका थिए ।


क्याम्पस संचालक समितिका अध्यक्ष श्यामकुमार रेग्मी र कोषाध्यक्ष बिनिल केसीले २०४६ सालमा स्थापना भएको सामुदायिक क्याम्पस राप्ती बबईको शैक्षिक सुधारको लागि गोष्ठी कोषे ढुँगा साबित हुने आशा ब्यक्त गरे ।

उद्घाटन कार्यक्रमको सहजीकरण क्याम्पसका प्राध्यापक चमन धितालले गरेका थिए ।

शनिबारसम्म चल्ने गोष्ठीमा नेपालका साथै भारत र अमेरिकासम्मका शिक्षा बिद तथा प्राध्यापकहरुको सहभागिता छ ।

प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *