तुलसीपुर, चैत ६ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले शुक्रबार दङिशरण गाउँपालिकाको हेँकुली स्वास्थ्य चौकिमा रक्त परीक्षण गरेको छ ।
प्रतिष्ठानले चालु आर्थिक बर्षमा जिल्लामा पाँच हजार व्यक्तिमा सिकलसेल एनिमिया र थालासिमिया परीक्षण गर्ने नीति लिएको छ ।
शिबिरको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल, दंगीशरण्या गाउँपालिका अध्यक्ष शम्भु गिरी लगाएतले मनतब्य राखेका थिए ।
प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स र ल्याबका प्राबिधिक कर्मचारीहरुको सहयोग तथा समन्वयमा बिरामीहरुको चेकजाँच गरिएको थियो ।
समुदायमा ठूलो संख्यामा परिक्षण गर्दा सिकलसेल रोगको उपचार, अध्ययन र अनुसन्धानमा सहयोग पुग्ने निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।
प्रकाशित मिति : २०८२ चैत्र ६ गते शुक्रवार
