घोराही, चैत ५ । ‘घोराही बनाऔँ’ अभियानले घोराही उपमहानगरपालिका – ६ को निर्माणाधीन खानेपानी आयोजना पुरागर्न दबाब सृजना गरेको छ ।
निर्माणाधिन आयोजना अलपत्र अवस्थामा पुगेको भन्दै अभियान्ताहरुले त्यो आयोजना पुरा गर्न तर्फ ध्यान दिन र स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न माग गरेका हुन ।
अभियानको टोलीले घोराही – ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन पछि खानेपानी तथा सरसफाई कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएको छ ।
आयोजना निर्माणको काम पुरा भएमा स्थानीय ६ सय बढी घरपरिवार लाभान्वित हुने हुँदा तत्कालन आयोजना पुरा गर्नु पर्ने अभियानले माग गरेको छ ।
चैनपुर आसपासका स्थानीयले पिउने पानीको लागि व्यापक समस्या झेल्नुपरेको भभ्न्दै अभियानका संयोजक सविन प्रियासन, चैनपुर खानेपानी समितिका अध्यक्ष हेमराज वलीसहितको टोलीले खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै कार्यालयको तर्फबाट गजेन्द्र बहकरीले संघ सरकारमा थप बजेट माग गरी पत्र पठाइने आश्वासन दिएका थिए । केही आयोजनाहरु अहिले पनि बजेट अभावका कारण पुरा हुन नपाएको र आफूहरू कार्यालयको तर्फबाट आयोजना सम्पन्न गर्न लागि परेको उनले बताएका थिए ।
