दाङ, चैत ५ । सामान खोसेको भन्दै कैलालीमा ब्यारेक भित्रै प्रबेश गरि स्थानीय ब्यापारीले सशस्त्रका डिएसपी माथि हातपात गरेका छन् ।
जिल्लाको टीकापुरस्थित खक्रौला भन्सारस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा ब्यारेकमा प्रबेश गरि ब्यापारीले डिएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन । बुधबार स्थानीय ब्यापारीको एक समुह पुगेर ब्यारेको गेट तोडफोड गरि भित्र प्रबेश गरेको थियो ।
उनीहरुले आँफुहरुको सामान खोस्ने भन्दै डिएसपी माथि हातपात गरेको भिडियो सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरीले मंगलबार बिलबिजक बिनाको भारत बाट भन्सार छली ल्याएको आशंका गरिएको सामान नियन्त्रणमा लिएको थियो ।
त्यो घटना पछि उद्योग बाणिज्य संघका पदाधिकारीसहित छलफल भएको थियो । छलफलबाट बिल भन्दा बढीका सामान भन्सार कार्यालयमा बुझाउने सहमति भएको थियो ।
कैलालीका सशस्त्र प्रहरी प्रमुख एसपी खुमबहादुर केसीका अनुसार सामान खोसेको बाहानामा बुधबार पाँच / ६ जना जति स्थानीय ब्यापारीहरु ब्यारेक भित्रै प्रबेश गरि डिएसपी पौडेलमाथि हातपात गरेको बताए ।
घटनाको छानबिन गर्न सुदुरपश्चिम कार्यालयका सशस्त्रका एसपी अनिल कार्कीको नेतृत्वमा एक छानविन समिति गठन गरिएको छ ।
छानविन पछि थप कुरा खुल्ने एसपी केसीले जानकारी दिए ।
