२०८३ साउन २८ गते बिहिवार

तुलसीपुर– घोराही सडक खण्डमा सावधानी अपनाउन चालकलाई आग्रह

तुलसीपुर, चैत ५ । तुलसीपुर – घोराही चार लेन सडक निर्माण अन्तरगत कलर्भट निर्माणको काम सुरु गरिएको छ ।
जस्ले गर्दा सडक खण्डको विभिन्न स्थानहरूमा डाइभर्सनहरु निर्माण गरिएका छन् ।


हाल सडकको दुई छेउतर्फ कल्भर्टहरू निर्माण कार्य थालिएको छ । छेउतर्फ कलभर्ट निर्माण कार्य सकेपछि मात्रै आवश्यक ठाउँमा बीचमा कलभर्ट निर्माण गरिने भएको छ ।


डिभिजन सडक कार्यालय दाङले हाल छेउका कलभर्ट निर्माणको काम गर्नका लागि ठाउँ ठाउँमा डाइभर्सनहरु निर्माण गरिएको र त्यो काम सकेपछि सवारी साधनलाई छेउ–छेउबाट गुड्ने जनाएको छ ।


तर, कतिपय स्थानमा सडकको बीचमै खनेर कलभर्ट निर्माण गर्ने कार्य भइ रहेको हुँदा सवारी साधनका लागि डाइभर्सन निर्माण गरिएको हुँदा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।


सडक खण्डमा कल्भर्टहरू निर्माण सँगसँगै अन्य निर्माणका क्रियाकलापहरूमा पनि जारी छन् ।
जस्ले गर्दा दुर्घटनाको जोखिम बढी हुने हुँदा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
दिउँसो वा रातिको समयमा सवारी सञ्चालन गर्दा पर्याप्त सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ ।
चार लेन सडकको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ । सडक बिस्तारको काम श्री दिवा–बन्दना भगवती जेभीले पाएको छ । माघ १ गते उस्ले घोराहीको गुर्जेखोला – सौडिकुला क्षेत्रबाट काम सुरु गरेको थियो ।


सडक कटिङ, माटो फिलिङ र पर्खाल निर्माणाका साथै कल्भर्ट निर्माणको काम धमाधम भइ रहेको छ ।


करिब २ अर्व २४ करोड ५६ लाख लागतमा कुल २१.५८ किलोमिटर अस्फाल्ड प्रविधिबाट चार लेनमा विस्तार गरिने भएको छ । सम्झौता अनुसार ३६ महिनामा काम सक्नु पर्ने छ । सडक ३० मिटर चौडाइको हुने छ ।

प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *