२०८३ साउन २४ गते आइतवार

‘कतै सेवा प्रतिको असुन्तुष्टिका कारण अदालत जलेका त हैनन्’ – प्रधानन्यायाधीस राउत

तुलसीपुर, चैत ३ । सर्बौच्च अदालतका प्रधानन्यायाधीस प्रकाशमानसिंह राउतले न्यायकर्मीहरु बदलिदो परिबेश अनुसार बिगतको सेवा सुधारका लागि परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनको निशानमा परेको उच्च अदालत तुलसीपुरको अनुगमन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीस राउतले त्यस्तो कुरा बताएका हुन ।

यद्यपी अदालत आगो लगाउन पुगेका मध्य केहीले ‘रबि लामिछाने’लाई मुद्दा चलाउने अदालत यही होइन भन्दै आगो लगाएको प्रत्यक्षदर्सीले बताएका थिए ।

तर, मंगलबार जलेको अदालत अनुगमन पछि तुलसीपुरमा प्रधानन्यायाधीस राउतले अदालत कुन – अभिप्रायले जले त्यसबारे समिक्षा केही हदसम्म गरेको भएपनि कतै त्यो न्याय सम्पादन प्रतिको आक्रोस त थिएन ? भन्ने प्रश्न गरेका थिए ।
उनले देशको बदलिदो परिबेशमा माननीय न्यायाधीसहरु, कर्मचारी साथीहरु , बिषेश गरेर कानुन ब्यबसायी साथीहरु पनि परिवर्तन हुनुपर्ने कुरा गरे ।


हिजोको जस्तो तरिकाले आफ्नो सेवा प्रवाहमा शरिक नहुन उनले आग्रह गरे ।


उनले भने ‘हामीले आँफुलाई बदल्नु पर्‍यो । कतै हाम्रो कारणले सेवाग्राहीहरुको के छ भनेदेखि कतै त्यो नजानिदो आक्रोस त थिएन ? सायद त्यतापनि बिचार गर्ने कि ? हिजोको जस्तो तरिकाले न्यायसम्पादन गर्दाखेरी कतै मान्छेलाई चित्त नबुझेको त होइन ? अलिकति बिचार गर्नु पर्‍यो ।’
प्रधानन्यायाधीस राउतले सकभर सेवाग्राहीलाई दुःख नहोस, कम खर्चिलो होस, सहज होस र उनीहरुलाई अदालतमा भरोसा गर्न योग्य बनाउन आँफै न्यायकर्मी सच्चिन जरुरी रहेको जोड दिए ।


फौजदारी अभियोजन गर्ने कुरामा पदाधिकारी लगाएत रहने भएपनि बिषेश गरि सेवाग्राही संग सोझै भेट्ने कानुन ब्यबसायीले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।


‘ उहाँहरुले कानुन ब्यबसायीलाई भगवान नै मान्नु हुन्छ,’ उनले भने ‘ अदालतप्रति पनि आम सेवाग्राहीको एउटा धाराणा छ । हिजो हामीले त्यस्तो कँही गरेका रहेछौं भने सायद समयले हामीलाई के भनेको छ भने के सन्देश दिएको छ भने हामी बदलिनु पर्छ । हामीले बदलिने अठोट र प्रण गर्नु पर्छ ।’
समय अनुरुप आँफु बदलिने प्रण गरेमा र निष्पक्ष न्याय सम्पादन गर्ने अठोट गरेमा अदालतहरु कहिलै जल्न नसक्ने उनको तर्क थियो ।


‘ हामी बदलिनु पर्छ । हामीले बदलिने अठोट र प्रण गर्नु पर्छ,’ प्रधानन्यायाधीस राउतले भने ‘यदि हामीले बदलिने अठोट र प्रण गर्‍यौं भने फेरि यस्तो जलेपनि हम्रो न्यायसम्पादन गर्ने हाम्रो अठोट र इरादा कहिलै जल्न सक्दैन । कहिलै खरानी हुन सक्दैन ।’


भदौ २४ पछि खरानी भएकै ठाउँ बाट न्यायलय उठेको भन्दै सेवाग्राहीले न्याय पाउनु संबैधानिक कतब्र्यभित्र पर्ने कुरा भएको बताए ।

बिशम परिस्थितिमा न्यायलय भित्रका सबैले सहकार्य गर्दै अगाडि बढ्न जरुरी रहेको उनले बताएका थिए ।

प्रधानन्यायाधीस राउतले आँफू जलेर खरानी भइ त्रिपालमा बसेर भएपनि उच्च अदालतका इजलाशका टहरा निर्माण गर्न बजेट छुट्याएको भन्दै तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र प्रदेश सरकारलाई धन्यबाद ज्ञापन गरेका थिए ।


जलेका अदालतहरुका पहिले जस्तै भौतिक संरचना निर्माणका लागि स्रोत साधन जुटाउन सरकारलाई निष्ठाका साथ कोषिश गर्ने प्रधानन्याधीस राउतले प्रतिबद्धता जाहेर गरे ।


अनुगमनका क्रममा अदालतको लागि धरोहर समान मानिने अभिलेख तुलसीपुरमा भाग्यबस जोगिएको थाहाँ पाएको तथा जलाइएका मध्य अधिकाँस मिलिसहरु प्राप्त गरि सकेको कुरा थाहाँ पाएको भन्दै उनले खुसी साटेका थिए ।

मुलुकभरका २३ वटा अदालतहरु जलाइएको भएपनि निकै सकसपूर्ण अवस्थामा पनि हिम्मतका साथ न्यायसम्पादनको काम गरेका सबैलाई उनले धन्यबाद दिए ।

सर्बौच्च अदालतमा रहेका २४ हजार मिसिल मध्य २० हजार जलेको भएपनि हालसम्म सबैको सहयोगले १९ हजार मिसिल प्राप्त भइ सकेको र अब एक हजार मात्रै प्राप्त गर्न बाँकी रहेको उनले बताएका थिए ।


प्रधानन्यायाधीस राउत तुलसीपुरस्थित उच्च अदालतको अनुगमन पछि जिल्ला अदालत घोराहीको अनुगमनमा गाएका थिए । उनी मंगलबार नै बाँके फर्किएका थिए ।

मंगलबार बाँकेमै बास बस्ने र बुधबार अनुगमनका लागि पोखरा पुग्ने तथा त्यहीबाट काठमाडौंं फर्किने उनले बताएका थिए । काठमाडौंबाट सोझै दाङको टरिगाउँ एयपोर्टको हवाइ यात्रा गरेका उनले बुधबार नेपालगंजबाट सोझै पोखराको यात्रा गर्ने योजना सूनाएका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *