२०८२ मङ्सिर २७ गते शनिवार

बी.पी.को स्मृति दिवसमा वृक्षरोपन गरिने

दाङ, साउन ५ । महामानव वी.पी.कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दाङले वृक्षरोपन गर्ने भएको छ । नेपाली कांग्रेसका सस्थापक एव प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३७ औँ स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा साउन ६ गते भोली सोमवार शान्तिनगर गाउपालिका वडा नं ३ को माइलीपानीमा वृक्षरोपण गर्न थालेको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डागीले जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु हुने वृक्षरोपन कार्यक्रममा सहभागी हुन जिल्ला सचिव डागीले सबैमा हार्दिक अनुरोध गरेका छन । जिल्ला सचिव डागीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एव भातृसंगठन तथा सुभेच्छुक संघसस्थामा आवद्ध सवैलाई कार्यक्रममा उपस्थीत हुन आग्रह गरेका हुन ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *