२०८३ साउन २४ गते आइतवार

सर्बौच्चका प्रधानन्यायाधीस राउत तुलसीपुर आउँदै


दाङ, चैत ३ । सर्बौच्च अदालतका प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत मंगलबार तुलसीपुर आउँदैछन् ।


जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तुलसीपुरस्थित उच्च अदालतमा भएको तोडफोड, आगजनीबाट पुगेको क्षतिको स्थलगत अध्यनका लागि केही बेरमा राउत तुलसीपुर आउन थालेका हुन ।


उनी काठमाडौंबाट प्लेनबाट टरिगाउँ एयरपोर्टमा अवतरण गर्ने भएका छन् ।


तुलसीपुरस्थित उच्च अदालतको अवलोकन पछि उनी जिल्ला अदालत घोराहीमा पुगेर अवस्था अवलोकन गर्ने भएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *