२०८३ बैशाख ३ गते बिहिवार

चोरी शिकारी गर्न गएकाहरु फर्किएनन्, खोज्न प्रहरी परिचालन

दाङ, चैत २ । चोरी शिकारीका गर्न गएका पाँच जना घर नफर्किएपछि खोजीका लागि प्रहरी परिचालन भएको छ ।


यो घटना सुर्खेतको हो । सुर्खेतका पाँच जना स्थानीय फागुन २३ गते घर बाट बर्दिया राष्ट्रिय निकुञ्ज भित्र चोरी शिकारी गर्न भनेर गएका थिए । तर, १० दिन बितिसक्दा पनि उनीहरु घर नर्फिएपछि आफन्तले खोजीका लागि प्रहरी गुहारेका हुन ।
फागुन २३ गते चोरी शिकार गर्ने भनेर सुर्खेत बराहताल गाउँपालिका – १ ज्यामिरेका २५ बर्षीय रेशम समसेली, ४१ बर्षीय रबिलाल दमाई, ३४ बर्षीय े रामबहादुर घर्ती, ३० बर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका – ८ गंगटे घर भइ हाल बर्दिया जिल्लामा बस्दै आएका ४५ बर्षीय दुगर्गाबहादुर सिजाली घर बाट निस्किएका थिए ।

चैत १ गते बेलुकी ५ बजेतिर सुर्खेत बराहताल गाउँपालिका – २ का आसे महतराले आफ्नो साला नाता पर्ने सोही ठाउँकै ३३ बर्षीय टोपबहादुर खत्रीसहित पाँच जना फागुन २३ गते घरदेखि झन्डै १७ किलोमिटर दक्षिणमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएपनि फर्किएर नआएको हुँदा खोज तलासका लागि प्रहरीलाई आग्रह गरेका थिए ।


फेरि चैत २ गते शिकार खेल्न संगै गएका मध्य सुनिल समसेलीको आमाले साला टोपबहादुर खत्रीको मृत्यु भएको भनेको आधारमा भिनाजु आसे महतराले सुर्खेतस्थित प्रहरी चौकी रानीघाटमा जानकारी गराएका थिए ।


सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले फेला नपर्दा सम्म र अनुसन्धान पुरा नहुँदासम्म स्थानीयले भनेकै आधारमा प्रहरीले खत्री बारे केही कुरा भन्न नमिल्ने बताए ।
घटना अनुसन्धानका लागि सुर्खेत र बर्दिया प्रहरीले संयुक्त रुपमा मिलेर काम गरि रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *