दाङ, चैत १ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौं जना समानुपातिकतर्फका सांसदको नाम सिफारिस गरेको छ।
उस्ले ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको हो ।
नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ ।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट जितेको छ । प्रत्यक्ष र समानुपातिकसहित प्रतिनिधि सभामा उस्का १७ सांसद रहने हुन ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार