२०८३ बैशाख ३ गते बिहिवार

धनुषा – १ मा नेकपाका यादव बिजयी

दाङ, चैत १ । धनुषा – १ मा नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव विजयी भएका छन ।

आइतबारको सर्बौच्च अदालतको फैसला पछि नेकपाका यादव बिजयी भएका हुन ।
यसअघि निर्वाचन आयोगले धनुषा – १ मा यादवलाई यसअघि निर्वाचित भएको घोषित गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का किशोरी साह (कमल) को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वौच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हुँदा नेकपाका यादव बिजय भएका हुन ।


सर्बौच्चका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यसअघि साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वौच्चमा रिट निवेदन दर्ता गरेका थिए ।


बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते किशोरीको उम्मेदवारी खारेज गरेको थियो।

उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको देखिएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *