२०८३ साउन २ गते शनिवार

बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत

दाङ, फागुन २७ । बाँकेमा कुल ५६ जना उम्मेदवार मध्य ४७ जना उम्मेदवारको जमानत जफत भएको छ ।


फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लामा प्रत्यक्ष तर्फ भिडेका ५६ उम्मेदवार मध्ये ४७ जनाको जमानत जफत भएको हो ।


जिल्लामा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेको उम्मेदवारको जमानत जफत भएको हो ।

बाँके – १

यहाँ कुल १४ जना उम्मेदवारका बीचमा प्रतिपर्धा भएको थियो । मध्ये ११ जनाको जमानत जफत भएको छ । बाँके – १ मा कुल खसेको मत ७६,०६२ हो । त्यसमध्य यहाँ ७२,३७० मत सदर भयो भने ३,६९२ मत बदर थियो ।

सदर मतको दश प्रतिसत मत तीन जनाले मात्रै प्राप्त गर्न सके ।
यहाँबाट निर्वाचित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरीले (३२,७१२) मत , दोस्रो हुने नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रशाद गौडेलले (१५,३०१) मत र तेस्रो स्थान हासिल गर्ने नेकपा (एमाले) का उम्मेदवार सुर्यप्रशाद ढकालले (११०९५) मत प्राप्त गरेका थिए ।
उनीहरु तीन जना बाहेक अन्य ११ कसैले पनि जमानत जोगाउन सकेनन् ।

जमानत गुमाउनेहरुमा नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्रप्रशाद पाण्डेले (६०३३) मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिपकुमार शाहले (३,२३३) मत, लुम्बिनी प्रदेशकी पूर्व मन्त्रीसमेत रहेकी प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले (१,२४०) मत प्राप्त गरेका थिए ।


अन्य आठ जना बिभिन्न उम्मेदवारले ५०० मत कटाउन सकेका थिएनन् ।

बाँके – २
यहाँ २० कुल जना उम्मेदवारका बीचमा प्रतिष्पर्धा भएको थियो । यहाँ कुल ७३,०५२ मत खसेको थियो । जसमध्ये ६८,४०४ मत सदर हुँदा ४,६४८ मत बदर भएको थियो । यहाँ सदर मतको दश प्रतिसत मत तीन जनाले मात्रै प्राप्त गर्न सके । अन्य १७ जनाको जमानत जफत भयो ।


क्षेत्र नम्बर २ मा निर्वाचित हुने एमालेका मोहमद इश्तियाक राईले (२४,६२४) मत प्राप्त गरे । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्रदेशमै पार्टीको शाख जोगाउन इश्तियाक एक्ला ब्यक्ति हुन । जो निर्वाचनको समयमा मधेसी दल त्यागेर एमाले प्रबेश गरेका थिए ।


दोस्रो हुने राश्वपाका बिबेककुमार श्रेष्ठले (१८,६८२) मत, तृतिय स्थानमा आएका काँग्रेसका सुधाम्शु कोइरालाले (१७,५९६) मत प्राप्त गरेका थिए । कोइराला पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्व.सुशिल कोईरालाका भतिजा हुन ।


यहाँ राप्रपाका ऋषिराज देवकोटाले (१,७२३) मत र नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिष्टले (१,४५६) मत पाएका थिए । यी दुई बाहेक अन्य कसैले पनि एक हजार मत कटाउन सकेनन् । त्यसैले १७ जनाको जमानत जफत भएको हो ।

बाँके – ३

यो निर्वाचन क्षेत्रमा कुल २२ जना उम्मेदवारका बीचमा प्रतिष्पर्धा भएको थियो । कुल ७४,६१६ मत खसेको थियो । त्यसमध्य ७१,१८४ मत सदर भयो । बाँकी ३,४३२ मत बदर थियो । खसको मतको १० प्रतसित मत तीन जना उम्मेदवारले मात्रै पुर्‍याउन सके ।

त्यसैले यहाँपनि तीन जनाले मात्रै आफ्नो जमानत जोगाउन सके । अन्य १९ जनाको जमानत जफत भयो । यहाँ राश्वपाका खगेन्द्र सुनार (२९,५५१) मत, दोस्रो हुने एमालेका सुमन मल्लले (१९,६१५) र तृतिय हुने काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले (१३,२१५) मत प्राप्त गर्दै जमानत जोगाए ।


यहाँ नेकपाका दिपककुमार गौरी मगरले (४,०१५) मत, र राप्रपाका तारकसिंह थारुले (१,९१२) मत प्राप्त गरे । अन्य कुनैपनि उम्मेदवारले पाँच सय मत कटाउन सकेनन् । त्यसैले उनीहरु सबै १९ जनाको जमानत जफत भएको हो ।

समानुपातिकमा राश्वपालाई अरु भन्दा झन्डै दोब्बर मत

बाँकेका क्षेत्र नं. १ मा प्रत्यक्ष जितेको रास्वपाले समानुपातिक तर्फपनि ३४,३८३ मत प्राप्त गर्दै पहिलो दल बन्यो । यहाँ कांग्रेसले १४,२२४ र एमालेलाई १०,३२० मत प्राप्त भयो ।


त्यस्तै बाँके क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ पराजय बेहोरे पनि समानुपातिक तर्फ रास्वपाले २४,३४१ मत प्राप्त गरि पहिलो दल बन्यो ।


प्रत्यक्षतर्फ चुनाव जितेपनि समानुपातिक तर्फ एमालेले २०,५५२ मत प्राप्त गरि दोस्रो र कांग्रेसले १२,४८४ मत प्राप्त तेस्रो बन्यो ।


बाँके – ३ मा प्रत्यक्षपनि जितेको रास्वपाले ३१,३०६ मत प्राप्त गर्दै पहिलो दल बन्यो । एमालेले १६,२३० मत सहित दोस्रो र कांग्रेसले १३,२७८ मत प्राप्त तृतिय बन्यो ।

बाँकेका ३ निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ रास्वपाले कूल ९०,०३० मत प्राप्त गरि पहिलो दल बन्यो । एमाले ४७,१०२ मत प्राप्त गरि दोस्रो ठूलो दल र काँग्रेस ३९,९८६ मत प्राप्त गरि तृतिय बन्यो ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *