दाङ, फागुन २२ । बाँके क्षेत्र नं. १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको फराकिलो अग्रता देखिएको छ ।
दुई हजार आठ सय ७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले एक हजार चार सय ७३ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका नारायणप्रसाद गौडेलले ६ सय ५३ मत, नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले तीन सय नौं मत र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले एक सय ८३ मत प्राप्त गरेका छन ।
प्रारम्भीक चरणमा कोहलपुर नगरपालिका बाट मतगणना सुरु गरिएको छ । मतगणना जारी छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
