दाङ, फागुन २२ ।बाँके क्षेत्र नम्बर–३ को प्रारम्भिक मत परिनाम सार्वजनिक भएको छ ।
यहाँ तीन हजार चार सय ४५ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारको फराकिलो अग्रता देखिएको छ ।
राश्वपाका सुनारले एक हजार ६ सय ९८ मत प्राप्त गरेका छन् । हालसम्मको स्थितिमा नेकपा (एमाले)का सुमन मल्लले सात सय १५ मत र नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले पाँच सय ४१ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
